भेनेजुएलाको काराकास केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। एकपछि अर्को गरी केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा ठूला भूकम्पका कारण राजधानी काराकास र आसपासका क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ।
भेनेजुएलाको भूकम्पमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ भने ७०० बढी घाइते भएका छन्। काराकासभरि भवनहरू ध्वस्त भएका छन्।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष र सडकमा मानिसहरूको भीड देखिएको छ ।
फुटेजअनुसार प्लाजा भेनेजुएला लेखिएको संकेत नजिकै स्थानीय बासिन्दाहरू सडकमा भेला भएका छन् । भूकम्पपछि मानिसहरू सुरक्षित स्थानतर्फ निस्किएको दृश्य पनि देखिन्छ ।
त्यस्तै, सडकमा ढुंगा र भवनका टुक्राहरू छरिएको देखिन्छ भने केही स्थानमा पर्खालहरू भत्किएको र ठूलो मात्रामा फोहोर तथा भग्नावशेष जमेको देखिएको छ । भूकम्पपछि काराकाससहित अन्य प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेको प्रारम्भिक विवरणहरूले देखाएका छन् । सीसीटीभी


