२०८३ कार्तिक १२ गते बुधबार

इरान युद्धले अमेरिकाको सैन्य खर्च बढायोः थप ८७ अर्ब ६० करोड डलर माग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ११
dollar

वासिङ्टन,सिन्ह्वा। इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ।

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको जनाएको छ।

प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयलाई छुट्याइएको छ। यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च र गोप्य कार्यक्रमहरूका लागि प्रयोग गरिने जनाइएको छ।

यस अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानहरूलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि एक अर्ब ४० करोड डलर पनि समावेश गरिएको छ।

प्रशासनले वासिङ्टन डीसी र आसपासका पुनर्निर्माण तथा पूर्वाधार आयोजनाका लागि ५० करोड डलर र न्युयोर्कस्थित पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरेको छ।

यद्यपि इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्ने देखिएको छ। दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

यसैबीच अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पलाई थप सैन्य कारबाही सुरु गर्न नपाउने व्यवस्था गरेको छ। फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको हो।

सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्पले उनीहरूको आलोचना गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत उहाँले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ भन्दै उनीहरूले आफ्नो काम कठिन बनाएको टिप्पणी गरेका थिए। उनले चुनौतीका बाबजुद आफ्नो योजना अघि बढाउने बताउनुभएको छ।

 

प्रकाशित: २०८३ असार ११ गते बिहिबार ०१:०३
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना