२०८३ कार्तिक १५ गते शनिवार

नक्कली शरणार्थी प्रकरण सानै माछामा सीमित, प्रचण्डसहित शीर्ष नेता संलग्न : डा केसी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ६
gkc

काठमाडौँ- सामाजिक सुधारका अभियन्ता डा गोविन्द केसीले नक्कली शरणार्थी प्रकरणमा ठूला माछासम्म पुग्ने प्रयास नै नभएको आरोप लगाएका छन्। ठूला माछाहरूसम्म पुग्ने प्रयास नै नभएकाले यसमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि सबै दलका शीर्ष नेता र पूर्वप्रधामन्त्रीहरूसमेत संलग्न भएको प्रमाणित भएको उनको आरोप छ।

‘उता विदेशी शक्तिको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सस्तो ख्याति प्राप्त गर्न छानविन अगाडि बढाए पनि ठूला माछा हरुसम्म पुग्ने कुनै प्रयास नभएको ले छानविन सानै माछामा मात्र सिमित हुने निश्चित छ,’ डा केसीले बुधबार मनाङ पुगेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘प्रचण्डलगायत विगतका प्रधानमन्त्रीहरु र उनीहरूका कार्यकताहरुले गरेका ठूलाठूला भ्रष्टाचार, धाँधली, अपराधहरुमा छानबिन र कारवाहीको माग राख्दा पनि सोको सुनुवाई नहुँदा प्रचण्ड लगायत सवै दलका शीर्षस्थ नेताहरु, भूपू प्रधानमन्त्रीहरुलगायत ठुला नेताहरु यसमा संलग्न भएको प्रमाणित हुन्छ।’

सरकारले आफूहरूसँग गरेका सम्झौता पनि पालना नगरेको उनको आरोप छ। आफूहरुका माग अविलम्व कार्यान्वयन नगरेमा सत्याग्रहसहितका शसक्त आन्दोलन शुरु गर्ने र त्यसको जिम्मेवार प्रधानमन्त्री प्रचण्ड र उनको सरकार हुने डा केसीको चेतावनी छ। सरकारका पछिल्ला गतिविधि सुशासनउन्मुख नभएको भन्दै उनले आपत्तिसमेत जनाएका छन्।

यस्तो छ डा केसीको विज्ञप्ति
हामी लामो समय देखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासन का लागि संघर्षरत रहेको सवैलाई अवगत नै छ। यसै क्रममा प्रचण्ड लगायत विगतमा अरु प्रधानमन्त्री हरु को नेतृत्व को सरकारका वेलामा माथि उल्लेखित मुद्धाहरु ( सवै नेपाली हरुको गुणस्तरिय निशुल्क/सस्तो सुलभ स्वास्थ्य सेवामा समान पहुँच र सवै विद्धार्थी हरूको शिक्षा मा समान पहुँच र सुशासन र सामाजिक न्याय को) माग राख्दै पटक पटक आमरण अनसन सहितको सत्याग्रह गरेको र ती कार्यक्रमहरु सरकारसंग सम्झौतामा हस्ताक्षर गरी टुङ्गिएको सर्व विदितै छ।

नेतृत्व पक्षको भ्रष्ट मानसिकता र गैर जिम्मेवारपूर्ण क्रियाकलापले सम्झौताका महत्वपूर्ण वुंदाहरु अहिले सम्म कार्यान्वयन भएका छैनन् । प्रधानमन्त्री प्रचण्ड लाई भेटेर पुन स्मरण गराएको र अल्टिमेटम दिएको पनि धेरै समय भइ सक्ता पनि उनका विगतको कार्यकालमा जस्तै पेलेरै लाने प्रवृत्ति देखाउने मात्र नभएर सम्झौता कार्यान्वयन गर्नु त परै जाओस पदको दुरुपयोग गर्दै गैरकानुनी ढंगले नेपाली जनताहरुले शिक्षा, स्वास्थ्य र सुशासन को क्षेत्रमा हासिल गरेको उपलव्धीहरु उल्ट्याउने निर्णय गरेका छन्।

उता विदेशी शक्तिको दवावमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सस्तो ख्याति प्राप्त गर्न छानविन अगाडि बढाए पनि ठुला माछा हरुसम्म पुग्ने कुनै प्रयास नभएको ले छानविन सानै माछामा मात्र सिमित हुने निश्चित छ। प्रचण्ड लगायत विगतका प्रधानमन्त्रीहरु र उनिहरूका कार्यकता हरुले गरेका ठुला ठुला भ्रष्टाचार, धाधली, अपराध हरु मा छानविन र कारवाही को माग राख्दा पनि सोको सुनुवाई नहुँदा प्रचण्ड लगायत सवै दलका शीर्षस्थ नेताहरु, भूपू प्रधानमन्त्रीहरुलगायत ठुला नेताहरु यसमा संलग्न भएको प्रमाणित हुन्छ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चउलानेलाई आफ्नो प्राध्यापन दायित्व पुरा गर्दा राजनीतिक दलका गुण्डा हरूले मरणासन्न हुने गरी पिटेको कुरा न्यायालयबाट स्थापित भैसकेको अवस्थामा ती अपराधीहरु विरुद्धको मुद्धा सरकारले फिर्ता लिने निर्णय गर्नु गैरकानुनी मात्र नभएर अनैतिक, लज्जास्पद र अमानवीय पनि हो। विधिको शासनलाई कुल्चिंदै निर्लज्ज रुपमा दण्डहीनता संस्थागत गर्ने सो निर्णय तुरुन्त फिर्ता लिई अपराधीहरुलाई कानुनबमोजिम कडा सजाय दिन जोडदार माग गर्दछौं।

चिकित्सा शिक्षा आयोगका हालका उपाध्यक्ष को कार्यकाल समाप्त हुन लाग्दा पनि नयाँ नियुक्तिको प्रक्रिया शुरु नहुँदा कतै उक्त कार्यकारी पद रिक्त राखेर आयोगलाई अस्तव्यस्त बनाइने त हैन भन्ने आशंका उब्जिएको छ। तसर्थ चिकित्सा शिक्षा ऐन वमोजिम निष्पक्ष ढंगले योग्य पदाधिकारी नियुक्त गर्नका लागि समयमै आवश्यक प्रक्रिया अगाडि बढाउन माग गर्दछौं । त्यस्तै विश्वविद्यालय तथा प्रतिष्ठान हरुका पदाधिकारी नियुक्ति मापदण्ड वारे प्रतिवेदनलाइ सम्झौता अनुरुप कार्यान्वयन नगरी रोकेर राखिएको छ भने उता गेटामा शुरु भैसक्न पर्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको वहानामा अनिश्चित कालसम्म पछि धकेल्ने प्रपन्च चलिरहेको छ। त्यस्तो काम तुरुन्त रोकी तत्काल अस्पताल संचालन र शीघ्र एमबीबीएस लगायतका कार्यक्रमहरु शुरु गर्न जोडदार माग गर्दछौं। साथै प्रतिस्ठानसम्बन्धि छाता ऐन समेत अविलम्ब अघि बढाउन माग गर्ददछौं।

मुलुक मा उद्योग हरू छैनन्। रोजगारीको अभावमा दशौं लाख युवाहरु श्रमिकका रुपमा विदेशीनु परेको छ। नेपाल मै उद्योगहरु खोलेर आत्म निर्भर वन्ने र विदेश पैठारी गरेर विदेशी मुद्रा आर्जन गरेर देशलाई विकास को वाटोमा अगाडि बढाउनुको साटो प्रचण्डको सरकारले ढुंगा-बालुवा विदेश लाई विक्रि गर्नेजस्तो आत्मघाती निर्णय गरेको छ। अव्यवस्थित ढुंगा तथा बालुवा उत्खननका कारण अहिले नै पर्यावरण को अपुरणीय क्षति भैसकेकोमा नदीजन्य सामाग्रीको निर्यातले नेपालको चुरे क्षेत्रलाई धराशायी बनाएर तराइको ठुलो भूभागलाई मरुभूमिमा बदल्ने तथा भविष्यमा ठुलो भोकमरी र विस्थापन निम्त्याउने निश्चित छ। त्यसैले यस्तो राष्ट्रघाती कदम तुरुन्त सच्याउन सरकारको ध्यानाकर्षण गराउँछौं।

चिकित्सकहरु साथै स्वास्थ्यकर्मीहरु उपर राज्यले गरेको श्रम शोषण र त्यसवाट उत्पन्न वर्षेनी ठूलो संख्यामा चिकित्सकहरुको विदेश वहिर्गमन, निशुल्क औषधि उपचार को व्यवस्था भए पनि आम नेपाली हरुले मुलुक का सवै सरकारी अस्पताल, स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमै महंगो शुल्क तिर्न बाध्य हुने अवस्था र सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुले जनशक्ति दरबन्दी को ठूलो चुनौती झेल्नु परेकोले स्वास्थ्य सेवा ग्राहीहरु ठूलो मारमा छन्। यी चुनौतीहरुसहित विभिन्न स्वास्थ्य सेवासित सम्बन्धित विषयका हाम्रा मागहरू सम्बोधनका लागि भएका सम्झौताहरु तुरुन्त कार्यान्वयन गर्न सरकार समक्ष शसक्त माग गर्दछौं ।

यदि हामी सित गरेका सम्झौताहरुसहित यी मागहरु अविलम्व कार्यान्वयन नगरेमा सत्याग्रहसहित का शसक्त आन्दोलन शुरु गर्न हामी बाध्य हुने छौं र यस्को जिम्मेवार प्रधानमन्त्री प्रचण्ड र उनको सरकार हुनेछ।

डा. गोविन्द केसी
मनाङ्ग
६ आषाढ २०८०

प्रकाशित: २०८० असार ६ गते बुधबार ०४:४६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना