२०८३ कार्तिक १२ गते बुधबार

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १५
hormuz_strait

लन्डन,एएफपी। होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एउटा जहाजमाथि शनिबार आक्रमण भएपछि सप्ताहान्तमा उक्त जलमार्गको समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ। अमेरिका र इरानबीच जारी तनावका कारण समुद्री सुरक्षा अवस्थाप्रति पनि चिन्ता बढेको छ।

सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले होर्मुज जलमार्ग पार गरेका थिए भने आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भएको छ।

केप्लरका तथ्यांकअनुसार १५ जुनपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा बुधबार मात्रै ७० वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए। जुन पछिल्लो अवधिकै उच्च सङ्ख्या हो।

इरानले स्वीकृत मार्गबाहेक अन्य जलमार्ग प्रयोग नगर्न चेतावनी दिए पनि सप्ताहान्तमा केही जहाजले विभिन्न मार्ग प्रयोग गरेका थिए। केप्लरअन्तर्गतको ‘मरिन ट्राफिक’ वेबसाइटका अनुसार शनिबार बिहान आक्रमण भएको जहाजपछि केही घण्टासम्म जहाजले ओमानको जलक्षेत्र हुँदै दक्षिणी मार्ग प्रयोग गरे पनि त्यसपछि आवागमन सुस्त बनेको थियो।

उक्त वेबसाइटले सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र अनुगमन गर्ने भएकाले सिग्नल बन्द गरेका अन्य जहाज पनि जलमार्ग पार गरेको हुन सक्ने जनाइएको छ।

सप्ताहान्तमा खाडी क्षेत्रबाट बाहिरिनेभन्दा भित्रिने जहाजको सङ्ख्या बढी रहेको केप्लरले जनाएको छ। अघिल्लो साताको तुलनामा यो प्रवृत्ति फरक हो। त्यसबेला खाडी क्षेत्रमा अलपत्र परेका नाविकलाई सुरक्षित बाहिर निकाल्ने प्रयासलाई प्राथमिकता दिइएको थियो।

संयुक्त राष्ट्र संघको नेतृत्वमा सञ्चालित करिब ११ हजार नाविकको उद्धार अभियान भने ओमानको खाडीमा भएको जहाजमाथिको आक्रमणपछि बिहीबार स्थगित गरिएको थियो।

एचएफआई रिसर्चका अनुसार आइतबार चारवटा तेल ट्यांकर र एउटा कन्टेनर जहाज अमेरिकी नौसेनाको सुरक्षा व्यवस्थामा ओमानको दक्षिणी मार्ग हुँदै खाडी क्षेत्रमा प्रवेश गरेका थिए। यद्यपि, आइतबार खाडीबाट बाहिरिने कुनै पनि जहाजले उक्त मार्ग प्रयोग नगरेको केप्लरले जनाएको छ।

इरानले सोमबार होर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी विषयमा ओमानसँग पहिलो चरणको छलफल गरेको जनाएको छ। यता अमेरिकाले अन्तरर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत कुनै पनि प्रकारको ‘ट्रान्जिट शुल्क’ स्वीकार नगर्ने स्पष्ट पारेको छ।

प्रकाशित: २०८३ असार १५ गते सोमबार ०८:१३
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना