२०८३ कार्तिक १४ गते शुक्रबार

उत्पादनको होइन उधारोको संकट, आरजु राइस मिलका अध्यक्ष वीरेन्द्र बस्नेतले मागे उद्यारो उठाउने कानुन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १६
birendra_basnet

काठमाडौं। नेपालको कृषि क्षेत्र पछिल्ला वर्षहरूमा निकै उतारचढावको चरणमा छ। एकातिर किसानले उत्पादनको उचित मूल्य खोजिरहेका छन् भने अर्कोतर्फ उद्योगीहरू गुणस्तरीय स्वदेशी चामललाई आयातित उत्पादनसँग प्रतिस्पर्धी बनाउने प्रयासमा छन्।

किसानले आफ्नो उत्पादनको मूल्य नपाउनेदेखि मल बीउको अभाव भोग्नुपर्ने समस्या पुरानै हो तर पछिल्लो समय उद्योगीहरूले समेत अर्को गम्भीर चुनौती भोगिरहेका छन्। किसानबाट धान किनेर उपभोक्तासम्म चामल पुर्याउने उद्योगीहरूले पनि एउटा गम्भीर समस्या भोगिरहेका छन्।

पूर्वी नेपालको मोरङस्थित आरजु राइस मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत पनि अहिले यस्तै समस्याबाट गुज्रिरहेका छन्। उनका अनुसार अहिले धान–चामल उद्योगको सबैभन्दा ठूलो संकट उत्पादन, बजार वा कच्चा पदार्थ नभइ उधारो कारोबारबाट अड्किएको पूँजी हो।

वर्षमा करिब १५ अर्ब रुपैयाँको बराबरको कारोबार गर्ने आरजु राइस मिलको करिब तीन करोड रुपैयाँ बजारमा फसेको पिडा बस्नेतले सुनाए। काठमाडौं, पोखरालगायतका विभिन्न सहरका होलसेलर तथा रिटेलरबाट उठ्न बाँकी रकमका कारण उद्योगलाई कानुनी र प्रशासनिक प्रक्रियामा जानुपरेको बस्नेत बताउँछन्।

उनको भनाइमा चामल अन्तिम उपभोक्तासम्म पुग्दा नगदमा बिक्री हुन्छ। उपभोक्ताले तिरेको पैसा बीचका व्यापारीको तहमा अड्किँदा उद्योगीको पूँजी नै थुनिने अवस्था सिर्जना भएको छ। यही कारण उद्योगीले आफ्नो व्यापार विस्तारभन्दा बढी समय र ऊर्जा उधारो रकम असुलीमै खर्च गर्नुपरेको उनको गुनासो छ।

कृषिलाई उद्योगमा रुपान्तरण गर्दै आरजु राइस मिल, भण्डार क्षमता बढाउन तेस्रो भकारी

बस्नेतका अनुसार नयाँ सरकार बनेपछि केही सहजीकरण गरेको अनुभव भए पनि उधारो असुली अझ प्रभावकारी बनाउन आवश्यक छ। पैसा नतिर्ने व्यापारीलाई प्रहरी प्रशासनमार्फत बोलाएर तत्काल भुक्तानी गराउने वा आवश्यक परे छिटो कानुनी कारबाही गर्ने संयन्त्र प्रभावकारी भए उद्योगीहरूलाई ठूलो राहत पुग्ने उनको विश्वास छ।

उनका अनुसार अहिलेको ३ करोड रुपैयाँको समस्या समयमै समाधान गर्न नसकिए भविष्यमा यो अर्बौं रुपैयाँमा रूपान्तरण हुन सक्छ। त्यसैले यसलाई एउटा उद्योगको मात्र नभई समग्र व्यापारिक प्रणालीको चुनौतीका रूपमा लिनुपर्ने उनी बताउँछन्। आगामी दिनमा यस विषयलाई उद्योगीहरूको साझा अभियानका रूपमा अघि बढाउने तयारी पनि भइरहेको उनले बताएका छन्।

उधारोको समस्याबीच पनि आरजु राइस मिलले किसानसँगको सम्बन्धलाई भने प्राथमिकतामा राखेको छ। बस्नेतका अनुसार उद्योगले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य अनुसार किसानबाट धान खरिद गरिरहेको छ। त्यसैले किसानबाट उल्लेखनीय असन्तुष्टि नरहेको उनको दाबी छ। मलको अभावलाई भने उनले नेपालको मात्र नभई विश्वव्यापी समस्या भएको टिप्पणी गरे।

आरजु राइस मिलको वार्षिक धान प्रशोधन क्षमता ३० देखि ३५ हजार टन रहेको छ। उद्योगले अब चामल उत्पादनमै सीमित नरही प्रशोधनपछि निस्कने कनिका र राइस ब्रानलाई उपयोग गर्ने पूरक उद्योग स्थापना गर्ने योजना अघि बढाएको छ। यसबाट उत्पादनको पूर्ण उपयोग गर्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य रहेको बस्नेतको भनाइ छ।

बस्नेतको अर्को जोड स्वदेशी चामलको उपभोगमा छ। उनका अनुसार नेपाली चामल गुणस्तरका हिसाबले आयातित चामलभन्दा कमजोर छैन, बरु धेरै अवस्थामा अझ राम्रो छ। उत्पादन भएको खेतसम्म ट्रेस गर्न सकिने भएकाले विषादीको अवस्थाबारे पनि स्पष्ट जानकारी लिन सकिने उनी बताउँछन्।

स्वास्थ्यका दृष्टिले पनि भातभन्दा रोटी सधैं राम्रो भन्ने धारणा वैज्ञानिक रूपमा सही नभएको उनको तर्क छ। चामल ग्लुटेन–फ्री खाद्य भएकाले सन्तुलित मात्रामा नेपाली चामल सेवन गर्नुपर्ने उनको सुझाव छ। पहिलेजस्तो थालभरि भात खाने संस्कार बदलिँदै गएको उल्लेख गर्दै उनले आवश्यक मात्रामा सन्तुलित आहारका रूपमा नेपाली चामललाई दैनिक भोजनमा समावेश गर्न आग्रह गरे।

बस्नेतका अनुसार नेपालमा उत्पादित चामलले मूल्य र गुणस्तर दुवैमा आयातित चामलसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ। त्यसैले नेपाली उपभोक्ताले स्वदेशी उत्पादन रोजेमा किसान, उद्योग र राष्ट्रिय अर्थतन्त्र तीनै पक्षलाई प्रत्यक्ष लाभ पुग्ने उनको विश्वास छ।

धान उत्पादनदेखि उपभोक्ताको भान्सासम्मको यात्रा केवल खेती र उद्योगको विषय मात्र होइन, व्यापारिक अनुशासन, समयमै हुने भुक्तानी र स्वदेशी उत्पादनप्रतिको विश्वाससँग पनि जोडिएको विषय हो। आरजु राइस मिलले उठाएको तीन करोड रुपैयाँ उधारोको मुद्दाले नेपालको कृषि–व्यवसायमा अझै व्यवस्थित व्यापारिक संस्कृतिको आवश्यकता रहेको संकेत गरेको छ।

प्रकाशित: २०८३ असार १६ गते मङ्गलबार १२:४५
प्रतिक्रिया

थप समाचार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना