२०८३ कार्तिक १२ गते बुधबार

ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १७
Flag of the European Union waving in the wind on flagpole against the sky with clouds, banner

ब्रसेल्स,एएफपी। ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ। यसले युरोपेली केन्द्रीय बैंक (ईसीबी) ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ।

युरोस्ट्याटका अनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा जुनमा दुई दशमलव आठ प्रतिशतले बढेको छ। मे महिनामा यो दर तीन दशमलव दुई प्रतिशत थियो।

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि इन्धनको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति इसीबीको दुई प्रतिशतको लक्ष्यनजिक फर्किन सहयोग पुगेको विश्लेषण गरिएको छ।

जुनमा युरोजोनमा ऊर्जाको मूल्य आठ दशमलव सात प्रतिशतले बढेको छ। जबकि मे महिनामा यो वृद्धि १० दशमलव आठ प्रतिशत थियो।

खाद्यवस्तु र सेवा क्षेत्रमा पनि मूल्यवृद्धि सुस्त बनेको छ। खाद्य मुद्रास्फीति एक दशमलव छ प्रतिशत र सेवा क्षेत्रको मुद्रास्फीति तीन दशमलव दुई प्रतिशतमा झरेको छ भने औद्योगिक वस्तुको मुद्रास्फीति शून्य दशमलव नौ प्रतिशतमै स्थिर रहेको छ।

यसअघि सार्वजनिक राष्ट्रिय तथ्यांकले युरोजोनका तीन प्रमुख अर्थतन्त्र फ्रान्स, जर्मनी र इटालीमा पनि मुद्रास्फीति घटेको देखाएका थिए। जुन महिनाको समग्र मुद्रास्फीति विश्लेषकले अनुमान गरेको तीन प्रतिशतभन्दा पनि कम रहेको जनाइएको छ।

ऊर्जा र खाद्यवस्तुको मूल्यलाई समावेश नगर्ने ‘कोर मुद्रास्फीति’ पनि मे महिनाको दुई दशमलव छ प्रतिशतबाट घटेर जुनमा दुई दशमलव चार प्रतिशत पुगेको छ।

यसअघि सन् २०२३ पछि पहिलोपटक गत महिना ब्याजदर बढाएको ईसीबीले आगामी जुलाई २३ मा हुने मौद्रिक नीति बैठकमा पुनः दर वृद्धि नगर्ने अपेक्षा विश्लेषकले गरेका छन्।

क्यापिटल इकोनोमिक्सका विश्लेषक ज्याक एलेन–रेनोल्ड्सले मुद्रास्फीतिमा आएको सुधारले थप ब्याजदर वृद्धि आवश्यक नदेखिएको उल्लेख गरेका छन्। अक्सफोर्ड इकोनोमिक्सका टोमस ड्वोरकले पनि मुद्रास्फीतिको प्रवृत्तिले थप दरवृद्धिको सम्भावना न्यून रहेको बताए।

इसीबीकी अध्यक्ष क्रिस्टिन लागार्डले गत साता युरोपेली सांसदसँगको छलफलमा घट्दो ऊर्जा मूल्य र मूल्यवृद्धिलाई थप चर्काउने दबाब कमजोर रहेकाले तत्काल थप कडा मौद्रिक नीति आवश्यक नरहेको बताएका थिए।

प्रकाशित: २०८३ असार १७ गते बुधबार ०८:१६
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना