काठमाडौं–सामसुङ नेपालले उपभोक्ता लक्षित शून्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ कार्यक्रम इन्स्टा फाइनान्स सुरु गरेको छ। यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसुङ स्मार्ट फोन खरिद गर्ने ग्राहकका लागि लागू गरिएको कम्पनीले बताएको छ।
यसको उद्देश्य नेपालभरका ग्राहकले सजिलैसँग आफ्नो चाहनाबमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको कम्पनीको भनाइ छ। सामसुङ नेपालले हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा सार्वजनिक गरेको हो।
सामसुङ इन्स्टा फाइनान्स झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले जानकारी दिए।सुरुमा कम्पनीले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० बढी सोरुममा इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ।
ग्राहकले सामान्य प्रक्रिया पूरा गरेपछि तत्कालै कर्जा पाउन सक्ने कम्पनीले बताएको छ। यसका लागि ग्राहकले आवश्यक कागजात (नागरिकता प्रमाणपत्र र फोटो, ग्यारेन्टी बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) हित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानुपर्नेछ।
