काठमाडौं। पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः युद्ध सुरु भएको छ। स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि अमेरिकाले बुधबार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ।
यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ। पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्याउँदै पश्चिम एसिया पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ।
द्धन्द्ध सुरु भएपछि कच्चा तेलको भाउ फेरि उकालो लागेको छ। कच्चा तेलको भाउ बढेर ब्यारेलको ७८ डलर माथि पुगेको आयल प्राइस डटकमले जनाएको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ चार प्रतिशत बढेको छ।
७० डलर हारहारीमा रहेको तेलको भाउ द्धन्द्धले फेरि उकालो लागेको हो। हर्मुज जलमाग भएर विश्वको २० प्रतिशत तेल आपूर्ति हुने गरेको छ। विशेष गरी पूर्वि एसियाली मुलुकहरुमा कच्चा तेल आपूर्ति गर्ने मार्ग हर्मुज हो।
अमेरिकी सेनाले तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ। आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ।
इरानले भने अमेरिकाको कदमको कडा विरोध गर्दै आफूले आवश्यक ठानेका सबै उपाय अपनाउने चेतावनी दिएको छ।
अमेरिकी आक्रमणपछि अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइन तथा अमेरिकी सेनाका महत्वपूर्ण सैन्य आधार रहेका कुवेतमा मिसाइल चेतावनी जारी गरिएको थियो। दुवै देशलाई लक्षित गरी इरानबाट प्रहार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
ख


