नयाँ दिल्ली: बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले आत्मसमर्पण गर्ने बताएकी छन्। रोयटर्ससँग कुरा गर्दै उनले डिसेम्बरसम्ममा भारतबाट स्वदेश फर्किएर आत्मसमर्पण गर्ने बताएकी हुन्।
बंगलादेशको अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ। युद्ध-अपराध अदालतले नोभेम्बरमा उनलाई विद्यार्थी नेतृत्वको विद्रोहमा घातक दमनको आदेश दिएको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो। उनले निर्वासनबाटै यी आरोपहरू अस्वीकार गरेकी थिइन्।
दक्षिण एसियाली राष्ट्रकी सबैभन्दा लामो समय शासन गरेकी उनी विद्यार्थी आन्दोलनबाट अपदस्त भएकी थिइन्। सन् २०२४ मा भएको विभिन्न चरणको विद्यार्थी आन्दोलनका क्रममा प्रधानमन्त्री कार्यालयमा आक्रमण भएपछि उनी बंगलादेशबाट भागेकी थिइन्।
विरोध प्रदर्शनले उनको २० वर्षको प्रधानमन्त्री कार्यकाल (विभिन्न चरणमा) अन्त्य गरेपछि हसिना बंगलादेशबाट भागेकी थिइन्।
हाल बंगलादेशमा उनी नेतृत्वको अवामी लिगमाथि प्रतिबन्ध छ। रोयटर्ससँग उनले भनिन्, ‘मेरो फिर्तीमा उनीहरू (सरकार)ले मलाई पक्राउ गर्न सक्छन्, उनीहरूले मलाई मार्न पनि सक्छन्। तैपनि, म जानै पर्छ। मेरा पार्टी नेता र कार्यकर्ताहरूमाथि ठूलो दमन भइरहेको छ। यदि मृत्यु आउँछ भने, म चाहन्छु कि यो मेरै माटोमा आओस्, जहाँ मेरा आमाबुवा गाडिएका छन् र जहाँ उनीहरूको रगत बगेको थियो।”


