काठमाडौँः सोमबार (आज) पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबार पनि बढेको सुन आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।


