२०८३ कार्तिक १२ गते बुधबार

पल्सर स्पोर्टस् अवार्ड भदौ १८ गते, मुख्य प्रायोजकमा गोल्छा ग्रुप

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
IMG 1

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२’ को मिति घोषणा भएको छ। बुधबार मञ्चले काठमाडौंमा एक कार्यक्रम गर्दै अवार्डको २३औं संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा गर्ने घोषणा गरेको हो।

अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ। गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो। दुईबिच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो। जुन दोस्रो वर्षमा चलिरहेको छ।

सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे। हस्ताक्षरपछि निर्देशक गोल्छाले लगातार अवार्डसँग जोडिन पाउँदा खुसी भएको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धि गर्न आफूहरू निरन्तर लागिपरेको जानकारी गराए। उनले भने, ‘मञ्चसँग हामी लगातार १९ वर्ष जोडिन पाउँदा गर्व गर्छौँ। हामी खेलकुदमा लगातारसँगै हिँडिरहेका छौँ। तर, मञ्चसँगको सम्बन्ध फरक भैसकेको छ। मञ्चलाई सफलताको लागि शुभकामना।’

मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँग लगातार हातेमालो गर्दा अवार्डलाई झनै व्यवस्थित र निरन्तरता दिन सहज भएको बताउँदै गोल्छा ग्रुपलाई धन्यवाद दिए।

मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोर्टस् अवार्ड २०८२ मा नाै विधामा अवार्ड प्रदान गरिने जानकारी गराएका छन्। त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड,  पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि महासचिव खड्काले जानकारी गराए। यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। मनोनयनमा पाँच–पाँचजना रहने प्रावधान छ।

लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ। भोटिङमार्फत हुने भएकाले पिपल्स च्वाइस विधाको मनोनयन चाँडै सार्वजनिक गरिने महासचिव खड्काले जानकारी गराएका छन्।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।

यसैगरी, पल्सर स्पोर्टस् अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै अवार्ड कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको छ।

गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्रसिंह ऐरी, महिलातर्फ कराँतेकी एरिका गुरुङ, युवातर्फ क्रिकेटकी पूजा महतो र प्रशिक्षकतर्फ पारा तेक्वान्दोका कविराज नेगी लामाले अवार्ड जितेका थिए। सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए।

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो।

प्रकाशित: २०८३ साउन ७ गते बिहिबार ०५:१७
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना