काठमाडौं–मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले देशैभर आंशिकदेखि सामान्य बदली रही सातै प्रदेशका केही स्थानमा चट्याङसहित पानी परिरहेको जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
कोसी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राती सातै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षासँगै बाढीपहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।


