काठमाडौँः आइतबार (आज) सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।


