२०८३ कार्तिक १२ गते बुधबार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
download

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा ठूलो क्लबका रूपमा परिचित ठमेलस्थित क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट आयोजना हुने भएको हो।

स्मार्ट जीको प्रस्तुतिमा आयोजना हुन लागेको कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित तथा सदाबहार गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति पनि रहनेछ।

यसपटक आयोजकले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ। क्यान्सरसँग जुधिरहेकी रेखा गुप्ताको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम सहयोग गरिने आयोजकले जनाएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शक उक्त अभियानको साझेदार बन्नेछन्।

“द रक लेगेसी’ केवल एउटा कन्सर्ट मात्र होइन, नेपाली रक संगीतका दुई प्रतिष्ठित ब्यान्डलाई एउटै मञ्चमा अनुभव गर्ने विशेष अवसर हो,` कार्यक्रमबारे स्मार्ट जीकी रेश्मा श्रेष्ठले भनिन्, ´यसपटक हामीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने प्रयास गरेका छौं। ई–सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम क्यान्सरसँग संघर्ष गरिरहेकी मिस रेखा गुप्ताको उपचारका लागि सहयोग गरिनेछ। त्यसैले दर्शकले टिकट खरिद गरेर उत्कृष्ट सांगीतिक अनुभवसँगै एउटा मानवीय अभियानमा पनि साथ दिन सक्नुहुनेछ।´

कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई–सेवा टिकटिङ पार्टनर रहेको आयोजकले जनाएको छ। टिकटको मूल्य सामान्य प्रवेशका लागि रु. १,००० र भिआइपी प्रवेशका लागि रु. १,५०० निर्धारण गरिएको छ।

ठूलो संख्यामा संगीतप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको उक्त कार्यक्रमले नेपाली रक संगीतका दुई पुस्तालाई एउटै मञ्चमा प्रस्तुत गर्नुका साथै सामाजिक सेवाको सन्देश पनि प्रवाह गर्ने विश्वास आयोजकको छ।

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार १०:१२
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना