२०८३ कार्तिक १२ गते बुधबार

३ वर्षमा सकिनुपर्ने रसुवागढी एकीकृत भन्सार भवन १० वर्षसम्म अधुरै (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १२
Integrated_custom_Office_construction (8)
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन निर्माणाधीन छ। ३ वर्षमा सक्ने गरी २०७३ सालमा निर्माण सुरू भएकोमा १० वर्ष भइसक्दा पनि सकिएको छैन।

यहाँ सुरक्षा निकायका लागि दुई वटा र भन्सारको एउटा भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि २०७३ सालमा ५४ करोड रुपैयाँमा श्यामसुन्दर–रबिना जेभीले ठेक्का लिएको थियो। ३ वटा भवन ३ वर्षमा बनाउने सम्झौता थियो।

हालसम्म भवन निर्माणमा ६५ प्रतिशत भौतिक प्रगति भएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख शशिन्द्र घिमिरेले बताए। उनकाअनुसार निर्माण कम्पनीले ६ देखि ८ महिनामा सक्ने भनेर फेरि थप समय मागेको छ।

कम्पनीले पनि तदारुकता नदेखाउने, कामदार नटिक्ने, बाढीपहिरोलगायत कारणले भवन निर्माणमा ढिलाइ भएको हो। अन्तिम एकपटक म्याद थप्ने र काम नसकिए ठेक्का तोड्ने योजनामा कार्यालय छ।

पूर्वाधार विकास मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागबाट पनि काम नसके ठेक्का तोड्न निर्देशन आएको उनले बताए। ‘पहिला जे भएपनि २०८० पछि कामले गति लिनुपर्ने हो। यहाँ जोखिमपूर्ण ठाउँ भएर कामदार पनि भाग्ने रहेछन्,’ घिमिरेले थपे, ‘हामीले अहिले काम छिटो सक्नु भनेर प्रेसर गरेका छौँ। नसकिए ठेक्का तोड्छौँ भनेका छौँ।’

एकीकृत भन्सार भवनमा भन्सार, अध्यागमन, सुरक्षा निकाय, क्वारेन्टाइन, जाँच चौकी, बैंकलगायत संरचना रहन्छन्।

ठेक्का सम्झौता भएको पहिलो डेढ वर्ष अदालतमा रिट परेर निर्माण अघि बढ्न सकेको थिएन। अर्को निर्माण कम्पनीले आफूले ठेक्का पाउनुपर्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको थियो। ०७५ जेठमा रिट खारेज भएपछि निर्माण कम्पनीले काम गर्ने बाटो खुलेको थियो।

भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न गृहमन्त्री सुधन गुरुङले नाकामै पुगेर निर्देशन दिएका छन्।

गत शनिबार नाकामा पुगेका उनले कामदारको संख्या बढाएर द्रुत गतिमा निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे।

प्रकाशित: २०८३ साउन १२ गते मङ्गलबार १०:२५
प्रतिक्रिया

थप समाचार

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

जलाशययुक्त आयोजनामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

काठमाडौँ: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि...

कर्नालीका हिमाली जिल्लामा नियमित उडानका लागि संघीय सरकारसँग छलफल गर्दै मुख्यमन्त्री

सुर्खेत: कर्नाली प्रदेश सरकारले हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग समन्वय अघि बढाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा हवाई सेवा सहुलियतका लागि ६० लाख रुपैयाँ...

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना