काठमाडौँ- लागू औषधको अवैध कारोबार गरेको आरोपमा १० दिनमा ५ जना विदेशी नागरिकसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक, जर्मन नागरिक र इटलीका पनि नागरिक छन्।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूका साथबाट प्रहरीले विभिन्न सामग्री र लागूऔषधसमेत बरामद गरेको छ।
बरामद भएको अवैध लागुऔषधको बजारमूल्य २ करोड ३३ लाख १५ हजार २५० रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।
कोकिन ३.७ ग्राम, खैरो हेरोईन १०० ग्राम, एम्फेटामाईन ४०.८५ ग्राम, चरेश ६ केजी ८६० ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ। यस्तै औषध एलएसडी स्टिकर १० हजार १३१ प्रति बरामद भएको प्रहरीको भनाइ छ।
गाँजाको धुलो ४ केजी ७५० ग्राम, कोडिनप्रति १६ बोतल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।
यस्तो छ थप विवरण












