काठमाडौँः पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने कार्य उचित नभएको बताएका छन्।
सोमबार बिहान पूर्वका प्रतिष्ठित उद्योगी देवनारायण मुन्दडाको निवासमा प्रहरीले छापा मारेको थियो। प्रहरीले करिब पाँच घण्टासम्म खानतलासी गरे पनि कुनै आपत्तिजनक वा गैरकानुनी सामग्री फेला नपारेपछि रित्तै हात फर्किएको थियो।
त्यसपछि प्रहरीको कार्यशैलीबारे विभिन्न कोणबाट आलोचना भइरहेको छ।
प्रहरीले भने गैरकानुनी सामग्री लुकाइ राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको जनाएको छ। तर लामो समयसम्म खोजतलास गर्दा पनि कुनै प्रमाण वा आपत्तिजनक वस्तु फेला नपरेपछि टोली खाली हात फर्किएको हो।


