२०८३ साउन २७ गते बुधबार

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
mountain_mug

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ।

माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त स्कुल ललितपुरको कुमारीपाटीबाट सञ्चालन हुँदै आएको छ। स्कुलले स्किल डेभलपमेन्ट क्यानडाको एक्रीडेशनमा कफी तथा क्याफे उद्योगका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ।

स्वर्णिम अनुभवकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुसुम केसीले माउन्टेनमग कफी स्कुलसँगको सहकार्यले संस्थाले विगत एक दशकदेखि सञ्चालन गर्दै आएको युवा उद्यमशीलता तथा सीप विकास अभियानलाई थप प्रभावकारी र सार्थक बनाउने विश्वास व्यक्त गरे।

उनका अनुसार स्वर्णिम अनुभवले विगत १० वर्षदेखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै देशका विभिन्न जिल्लामा युवाहरूलाई सचेतना, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

माउन्टेनमग कफी स्कुलसँगको यो साझेदारीले नेपाली कफी उद्योगका लागि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८३ साउन २१ गते बिहिबार ०७:४६
प्रतिक्रिया

थप समाचार

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका...

एम बैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौँ: नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत...

एकैदिन तोलामा ६ हजार ४०० ले बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

नीतिगत विभेद भएको एनसेलको दाबी: ‘नवीकरण गर्न हामीलाई २० अर्ब, अरुलाई ३ लाख मात्रै?’

सरकार र नियामक निकायले अपनाएको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रँदै गएको तथा शुल्क तिर्छु भन्दा पनि आफूले फ्रिक्वेन्सी नपाएको एनसेलको भनाइ छ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

काठमाडौँः नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
bab_al
विदेश

कच्चा तेल आपूर्तिका लागि होर्मुज र बाब अल–मान्डेब स्ट्रेटको वैकल्पिक मार्गको खोजी भएको हो?

इरान र ओमानबीचको साँघुरो समुद्री क्षेत्र स्ट्रेट अफ होर्मुजु खाडी क्षेत्रबाट उत्पादन हुने अधिकांश तेल र ग्यास निर्यातको प्रमुख मार्गका रूपमा अझै कायम छ। यसको मुख्य कारण यसको विशाल क्षमता,...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना