काठमाडौँः नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भई २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ। महासंघले चाँदीको मूल्य प्रतितोला ४ हजार ५७० रुपैयाँ निर्धारण गरेको छ।
यसअघि बुधबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।


