२०८३ साउन २७ गते बुधबार

वर्षासँगै मुलुकभरका सडकमा पहिरो र बाढी, विभिन्न राजमार्ग अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
road

काठमाडौं। लगातारको वर्षापछि देशका विभिन्न स्थानमा पहिरो तथा नदी कटानका कारण सडक यातायात प्रभावित भएको छ।

काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा पहिरो खसेपछि कतिपय स्थानमा यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै वर्षाका कारण विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात अवरुद्ध भएको जानकारी दिएको हो।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली, नार्के क्षेत्रमा बिपी राजमार्गमा बिहान करिब ४ बजे माथिबाट लेदोसहित पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।

बिपी राजमार्गकै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली खण्डमा भने बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। उक्त खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालन गर्न नदिइने र बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ।

मकवानपुरतर्फको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने प्रहरीले जनाएको छ।

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।सिन्धुपाल्चोकमा पनि वर्षाले सडक यातायातमा ठूलो असर पारेको छ।

अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीस्थित इकु क्षेत्रमा पहिरो खस्दा यातायात प्रभावित भएको छ भने सोही वडाको लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैगरी, आज बिहान करिब ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्डसमेत पूर्ण रूपमा बन्द भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोला नजिक भेरीकरिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि यातायात रोकिएको छ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्नेहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो तथा लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातारको वर्षाका कारण थप पहिरो, बाढी तथा सडक कटानको जोखिम रहेकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: २०८३ साउन २५ गते सोमबार ०८:००
प्रतिक्रिया

थप समाचार

तल्लो सेती बनाउनका लागि तनहुँ हाइड्रोपावरलाई लाइसेन्स दिँदै विभाग, पाँच वर्षमा सक्ने लक्ष्य

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले नयाँ आयोजना बनाउन लागेको छ। कम्पनीले १२६ मेगावाटको तल्लो सेती अर्धजलासय –पीआरओआर) आयोजना बनाउन विद्युत विकास...

घारखोला जलविद्युत् आयोजना पहिरोले पुरियो, १४ मेगावाट बिजुली उत्पादन बन्द

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । विद्युत्‌गृहका...

नागढुङ्गा सुरुङमार्ग कहिलेदेखि चल्छ सर्वसाधारणका लागि? ब्यारिकेड किन राखियो?

काठमाडौँ: सडक विभागले नागढुंगा सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारणका लागि खुला गर्ने जनाएको छ। हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको विभागले जनाएको...

पहिरो हटाएपछि बीपी राजमार्ग सुचारु

रामेछाप। काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली, नार्केमा वर्षासँगै लेदोसहितको पहिरो खसेपछि केही समय पूर्णरूपमा अवरुद्ध भएको बीपी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। गएराति परेको अविरल...

पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध

रामेछाप। रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो। राजमार्गको कति...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
mof_building
आर्थिक नीति

शिक्षा र स्वास्थ्य कर हटाउँदा ४ अर्ब ५८ करोड राजस्व खाडल, अर्थले कहाँबाट पूरा गर्ला?

चालू आर्थिक वर्षमा सरकारले १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ। शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाएपछि राजस्वमा सरकारलाई दबाब पर्ने देखिएको छ।
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना