२०८३ साउन २७ गते बुधबार

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु, ५७० घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
colambia

काठमाडौं। दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो। संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ।

भूकम्पपछि देशका पाँचवटा प्रमुख शहरमा ‘रेड अलर्ट’ घोषणा गरिएको छ। हालसम्म ८६ वटा भवन पूर्ण रूपमा भत्किएको पुष्टि भएको छ भने सातवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। करिब पाँच लाख जनसंख्या रहेको पेरेइरा शहर भूकम्पको केन्द्रबिन्दुबाट ६४ किलोमिटरभन्दा कम दूरीमा अवस्थित रहेको बताइएको छ।

भूकम्पका धक्का राजधानी बोगोटासहित देशका विभिन्न शहरमा महसुस गरिएको थियो। बोगोटामा साइरन र चेतावनी प्रणाली सक्रिय भएपछि धेरै भवनबाट मानिसहरू सुरक्षित स्थानतर्फ बाहिरिएका थिए।

राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाले हालसम्म १ हजार ५७७ आवासीय भवनमा क्षति पुगेको र ३७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएको जानकारी दिएका छन्। उनका अनुसार ६० भन्दा बढी भवन भत्किएका छन् भने १८ स्वास्थ्य संस्था र ५२ विद्यालयमा समेत क्षति पुगेको छ।

पश्चिम–मध्य कोलम्बियाको रिसाराल्दा विभाग सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा देखिएको छ। रिसाराल्दाका गभर्नर जुआन डिएगो पाटिनोले उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएका छन्।

राष्ट्रपति दे ला एस्प्रिएलाले आपत्कालीन समिति गठन गरी प्रभावित नागरिकको सुरक्षाका लागि सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भूकम्पपछिको अवस्थालाई सामना गर्न आफूले व्यक्तिगत रूपमा उद्धार तथा पुनस्र्थापना प्रयासको नेतृत्व गर्ने बताएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे चोको क्षेत्रको सान होजे डेल पाल्मार नजिक भूकम्प गएको थियो। यसको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको र गहिराइ १०७ किलोमिटर रहेको जनाइएको छ ।

चोको क्षेत्रकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबा कुरीले क्षेत्रीय राजधानी क्विब्डोमा धेरै व्यक्ति घाइते भएको र भवनहरूमा गम्भीर क्षति पुगेको बताएकी छन्। उनले परकम्पको सम्भावनाप्रति पनि चिन्ता व्यक्त गरेकी छन्।

यसैबीच, बोगोटाका मेयर कार्लोस एफ गालानले प्रभावित क्षेत्रका लागि राहत संकलन अभियान सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार पिउने पानी, कम्बल, खाद्यान्न, सरसफाइ सामग्री र प्राथमिक उपचारका सामग्री संकलन गर्न राजधानीमा छवटा राहत संकलन केन्द्र स्थापना गरिएको छ।

मेयर गालानले बोगोटामा हालसम्म कुनै गम्भीर क्षति नदेखिएको जनाउँदै उद्धार तथा खोज अभियानमा सहयोग गर्न १०० जना उद्धारकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको बताएका छन्। एएनआई

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०९:००
प्रतिक्रिया

थप समाचार

भारत: विश्वको चौथो ठूलो अर्थतन्त्र, बलियो वृद्धिका बाबजुद कसरी झर्‍यो छैटौँ स्थानमा?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा आर्थिक वर्ष सन् २०२५/०२६ मा भारतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३९ खर्ब २० अर्ब डलर रहने उल्लेख गरेको...

इरानबाट हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट गोप्य रूपमा विमान बदलेर बेलायत पुगेको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमार्फत यात्रा गरेको खुलासा भएको छ। वासिङ्टन पोस्टका अनुसार गत जुलाई ८...

चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

एजेन्सी: चीनको उत्पादन क्षेत्रले आफ्ना कारखाना तथा कार्यस्थलहरूमा रोबोटको प्रयोग बढेको छ। यससँगै रोबोट निर्माण गर्ने कम्पनीहरूले पनि मागमा वृद्धि भएको बताएका छन्। इन्धन भर्ने रोबोट ग्यास...

सांघाईमा एक हजार ३०० उडान रद्द, तीन लाख ९० हजार मानिसलाई स्थानान्तरण गरियो

टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख विमानस्थलले आइतबार एक हजार ३०० भन्दा बढी उडान रद्द गरेका छन्। आँधीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले प्रभावित क्षेत्रबाट...

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

म्यानमाको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान सुकीको पूर्ण तथा निःशर्त रिहाइका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)ले गरेको आह्वान अस्वीकार गरेको छ। म्यानमाको...
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना