२०८३ साउन २७ गते बुधबार

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २६
ncell

काठमाडौं। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो स्थानीय रूपमा समर्थित प्लेटफर्म हो जसले डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एकै ठाउँमा उपलब्ध गराउँछ। यो सेवा नेपालभरिका व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था र विभिन्न सङ्गठनहरूका लागि लक्षित छ।

नेपाली व्यवसायहरू डिजिटल माध्यममा रूपान्तरण हुँदै जाँदा देशभित्रै सहज पहुँच र व्यवस्थापन गर्न सकिने भरपर्दो वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ।

एनसेल बिजनेस क्लाउडसुइटको उपभोग गर्दै ग्राहकहरूले एकीकृत प्लेटफर्म डोमेनमार्फत दर्ता गर्न, वेबसाइट होस्ट गर्न र आफ्नो अनलाइन उपस्थिति व्यवस्थापन गर्न सक्छन्। यस प्लेटफर्मले डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन म्यानेजमेन्ट र केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसन सुविधाहरू पनि समेट्छ।

यो प्लेटफर्मले व्यवसायको विभिन्न विकास चरणअनुसार व्यावसायिक वेब होस्टिङ विकल्पहरू प्रदान गर्छ। विदेशी मुद्रामा अन्तर्राष्ट्रिय होस्टिङ सेवा खरिद गर्नुपर्ने बाध्यता हटाउँदै एनसेलले उपलब्ध गराएको सेवा मार्फत ग्राहकहरूले अब नेपाली मुद्रामै भुक्तानी गर्न सक्नेछन्। एनसेलले यी सेवाहरूका लागि दुई वटा प्याकेज उपलब्ध गराएको छ।

मासिक एक हजार रुपैयाँ पर्ने बेसिक प्याकेजले व्यवसायलाई अनलाइन उपस्थिति स्थापना गर्न सहज र भरपर्दो समाधान उपलब्ध गराउँछ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल खाता, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू समावेश छन्।

त्यस्तै प्रो प्याकेज बढ्दो डिजिटल आवश्यकता पूरा गर्न तयार गरिएको छ। यसमा बढी स्टोरेज र डेटा ट्रान्सफर, २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस, पाँच वटासम्म सबडोमेन, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याक अप र सुरक्षा सुविधाहरू उपलब्ध छन्। यो प्याकेजको मासिक दुई हजार रुपैयाँ पर्छ।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओ भने, “एनसेल बिजनेस क्लाउडसुइटको आगमन नेपालका धेरै भन्दा धेरै व्यवसायहरूलाई बलियो र व्यावसायिक डिजिटल उपस्थिति बनाउन मद्दत गर्ने महत्त्वपूर्ण कदम हो।

डोमेन नाम र भरपर्दो वेब होस्टिङ हरेक डिजिटल यात्राको आधार हो। स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङलाई जोडेर हामी व्यवसायहरूलाई थप आत्मविश्वास र नियन्त्रणका साथ डिजिटल बन्न सहज बनाउँदै छौँ।

क्लाउडसुइटको पहिलो चरणमा हामीले डोमेन र वेब होस्टिङ सेवामा ध्यान केन्द्रित गरेका छौँ किनकि यी सेवाहरू डिजिटल क्षेत्रमा प्रवेश गर्ने धेरै व्यवसायका लागि सबैभन्दा मुख्य आवश्यकता हुन्।”

एनसेल बिजनेस क्लाउडसुइट प्रयोग गर्दा नेपालभित्रै होस्टिङ हुन्छ अनि डेटा पनि नेपालमै रहन्छ। यसको प्रयोगले ग्राहकहरूलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्ति देशभित्रै राख्ने सुविधा उपलब्ध गराँउछ। यसबाट व्यवसायहरूले आफ्नो डेटामा बढी नियन्त्रण स्थापित गर्न सक्छन् र नियामक आवश्यकताहरू पूरा गर्न सहज हुन्छ।

प्रकाशित: २०८३ साउन २६ गते मङ्गलबार ०७:२९
प्रतिक्रिया

थप समाचार

एम बैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

काठमाडौँ: नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को-अपरेटिभ लिमिटेड (एनएमसी-कोअप) बीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत...

एकैदिन तोलामा ६ हजार ४०० ले बढ्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ: नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार चार सय रूपैयाँले बढेर तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको...

नीतिगत विभेद भएको एनसेलको दाबी: ‘नवीकरण गर्न हामीलाई २० अर्ब, अरुलाई ३ लाख मात्रै?’

सरकार र नियामक निकायले अपनाएको दोहोरो मापदण्डका कारण व्यावसायिक वातावरण बिग्रँदै गएको तथा शुल्क तिर्छु भन्दा पनि आफूले फ्रिक्वेन्सी नपाएको एनसेलको भनाइ छ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने महँगियो

काठमाडौँः नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला...

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको पुँजीकरण घट्दो, जलविद्युतको बढ्दो

जलविद्युत समूहको बढ्दै गएको नेप्सेले जनाएको छ। बैंक तथा वित्तीय संस्थाको बजार पुँजीकरण हिस्सा घटेर हाल ५०.९ प्रतिशतमा झरेको छ।
bc0f8481-ec15-4af1-998c-442cdfeab0c3
समाज

एलएलएम नतिजामा त्रुटि: ७७ प्रतिशत अनुत्तीर्ण, सबैमा पास भएका धेरै विद्यार्थी विधिशास्त्रमा फेल

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयको कानुन संकायमा स्नातकोत्तर (एलएलएम) दोस्रो सेमेस्टरको नतिजामा त्रुटि भएको भन्दै विद्यार्थीहरूले पुनःपरीक्षणको माग गर्दै डीन कार्यालयमा निवेदन दिएका छन्।...
arun_subedi
विचार

नियामक निकायले बजारलाई ‘सहजीकरण’ गर्ने हो, ‘नियन्त्रण’ होइन

व्यावहारिक धरातलमा ओर्लिएर नीतिहरू नबनाएसम्म बैंकमा पैसा थुप्रिने तर जनताको हात खाली हुने क्रम जारी रहनेछ। उद्यमीको सम्मान, लगानीको सुरक्षा र करको सरलीकरण नै आजको अर्थतन्त्रको औषधि हो। पुँजीलाई...
norvic pix (2) (1)
शेयर बजार

बुकबिल्डिङबाट आईपीओ ल्याउन लागेको नर्भिक हस्पिटलले सेयरधनीलाई ४२.१० प्रतिशत लाभांश दिने

यही मंगलबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। लाभांश पारित गर्त हस्पिटलले आउँदो भदौ १५ मा वार्षिक साधारणसभा बोलाएको छ।
nrn_fund
उद्योग

एनआरएन डेभलपमेन्ट फन्डले पायो डलरमा आईपीओ ल्याउन अनुमति, ५० अर्ब लगानी आउने

सेबोनले धितोपत्र निष्कासन निर्देशिका परिमार्जन गरेर मंगलबार डेभलपमेन्ट फन्डलाई विदेशी मुद्रामा आईपीओ जारी गर्न इजाजत दिएको हो। फन्डमार्फत मुलुकको पूर्वाधार निर्माणमा गैरआवासिय नेपालीको...
mountain_mug
कर्पोरेट

माउन्टेनमग कफी स्कुलसँग स्वर्णिम अनुभवको साझेदारी

काठमाडौं। युवा उद्यमशीलता विकासका क्षेत्रमा सक्रिय रूपमा कार्यरत स्वर्णिम अनुभव प्रालिले माउन्टेनमग कफी स्कुल ललितपुरसँग साझेदारी गरेको छ। माउन्टेनमग कफी ब्रान्डद्वारा सञ्चालित उक्त...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना