२०८३ कार्तिक ११ गते मङ्गलबार

टाटालगायत भारतीय ठूला व्यवसायिक घरनाको सुन मोह, लगानी रणनीतिमा परिवर्तन हो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ६
gold

काठमाडौं। भारतका गैरबैंकिङ क्षेत्रमा सुनको धितोमा ऋण लिने दिनेमा देखिएको तीव्र आकर्षण अब केवल एउटा अस्थायी प्रवृत्ति मात्र नभई रणनीतिक परिवर्तनको रूपमा देखा पर्न थालेको छ। केही साताको अन्तरालमै टाटा क्यापिटलले केरलास्थित योगलोन्समा नियन्त्रणकारी हिस्सेदारी प्राप्त गर्यो।

गोदरेज क्यापिटलले कनकदुर्गा फाइनान्सको गोल्ड लोन व्यवसाय खरिद गर्यो र आदित्य बिडला क्यापिटलले १ हजार शाखासहितको समर्पित गोल्ड लोन फ्रान्चाइज स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।

पछिल्ला केही वर्षहरूमा सुनको मूल्यमा भएको भारी वृद्धिसँगै यसको आकर्षण पनि बढेको छ। यद्यपि, टाटा, गोदरेज र आदित्य बिडलाजस्ता ठूला व्यावसायिक समूहहरू जो सुनको धितोमा ऋण दिने व्यवसाय (गोल्ड लोन) तर्फ आकर्षित भएका छन्।

उनीहरू केवल यसको चम्किलोपन वा क्षणिक आकर्षणको पछि मात्र लागेका होइनन्। सुनको मूल्यमा भएको वृद्धि एउटा मुख्य कारक भए पनि यसका पछाडि अझ गहिरो कारणहरू छन्। जसले यो केवल सुनप्रतिको हतारो वा लहर मात्र नभई व्यावसायिक रणनीतिमा आएको परिवर्तन हो भन्ने संकेत गर्छ।

भारतको सुन धितोमा दिइने ऋण बजार पछिल्लो दुई वर्षमा तीव्र गतिमा विस्तार भएको छ। मे २०२६ सम्ममा सुनका गरगहना धितो राखी लिइएको कुल ऋणको परिमाण करिब ३.३ लाख करोड भारु पुगेको थियो। आर्थिक वर्ष २०२६ मा यस्तो ऋणमा करिब ५० प्रतिशत वृद्धि भयो। जसले गर्दा यो देशमा सबैभन्दा तीव्र गतिमा बढिरहेको खुद्रा ऋण (रिटेल लेन्डिङ) वर्गमध्ये एक बनेको छ।

गैरबैंकिङ वित्तीय कम्पनीहरूमा यो वृद्धि विशेष गरी उच्च देखिएको छ। टाइम्स अफ इन्डियाले हालै जनाएअनुसार, कडा नियामक निगरानीका बाबजुद वित्तीय कम्पनीहरूको सुन धितोमा दिइने कर्जाको पोर्टफोलियो वार्षिक रूपमा करिब ७० प्रतिशतसम्म बढेको छ।

खुद्रा कर्जाका अन्य धेरै क्षेत्रहरूमा सुस्तता आइरहेको समयमा यी वृद्धि दरहरू उल्लेखनीय देखिएका छन्। व्यवस्थापन अन्तर्गतको सम्पत्तिमा हजारौं करोडको थप गर्न सक्ने र विस्तार गर्न सकिने व्यवसायको खोजीमा रहेका ठूला वित्तीय समूहहरूका लागि सुनको धितोमा दिइने कर्जा (गोल्ड लोन) लाई बेवास्ता गर्न कठिन भएको छ।

भारतका घरपरिवारसँग रहेको सुनको मौज्दातलाई हेर्दा यो अवसर अझ बढी आकर्षक देखिन्छ। मुथुट फाइनान्सका प्रबन्ध निर्देशक जर्ज अलेक्ज्याण्डर मुथुटले इकोनोमिक टाइम्ससँगको अन्तर्वार्तामा घरपरिवारसँग रहेको ठूलो परिमाणको निष्क्रिय सुनबारे चर्चा गर्दै यो सम्पत्तिको निकै सानो हिस्सा मात्र औपचारिक कर्जा प्रणालीमार्फत आर्थिक उपयोगमा ल्याइएको कुरा औंल्याएका थिए।

ऋणदाताहरूका लागि यो एउटा यस्तो दुर्लभ बजार हो, जहाँ धितो पहिले नै उपलब्ध छ। ग्राहकसँग त्यसको स्वामित्व छ र नयाँ प्रकारको सम्पत्ति वा वित्तीय प्रणाली सिर्जना नगरिकनै यसको माग सिर्जना गर्न सकिन्छ।

स्थापित कम्पनीहरूको मात्र एकलौटी वर्चस्व किन रहेन?

दशकौँसम्म, सुनको धितोमा ऋण दिने व्यवसाय भन्नासाथ मुख्यतया मुथुट फाइनान्स र मनप्पुरम फाइनान्सको नाम आउँथ्यो। यस व्यवसायलाई दक्षिण भारतमा केन्द्रित तथा सुनको मूल्यांकन, भण्डारण र लिलामी प्रक्रियामा विशेष दक्षता आवश्यक पर्ने एक विशिष्ट सेवाका रूपमा हेरिन्थ्यो। तर, अब यो धारणा परिवर्तन हुँदैछ।

जनवरीमा इकोनोमिक टाइम्सले रिपोर्ट गरेअनुसार, बैंकहरूले सुन केन्द्रित गैरबैंकिङ वित्तीय कम्पनीहरूको अग्रतालाई क्रमशः कम गरेका छन् र बजार बैंक तथा गैरबैंकबीच लगभग ५०/५० को हिस्सामा बाँडिने अवस्थामा पुगेको छ। विविध वित्तीय समूहहरूको प्रवेश यस विकासक्रमको अर्को चरण हो।

टाटा क्यापिटलले योगलोन्सको ८८.६ प्रतिशत स्वामित्व खरिद गर्दा उसले १६० भन्दा बढी शाखाहरू, करिब ३२ हजार ग्राहकहरू र ७ अर्ब भारु भन्दा बढीको ऋण लगानी भएको गोल्ड लोन प्लेटफर्ममा तत्काल पहुँच प्राप्त गरेको छ।

गोदरेज क्यापिटलले पनि यस्तै बाटो अपनायो। कनकदुर्गा फाइनान्सको गोल्ड लोन व्यवसाय खरिद गर्दा उसले करिब २.८ अर्ब भारु पोर्टफोलियो, १२ हजार ग्राहक र ५४ शाखाहरू प्राप्त गरेको छ। यो अधिग्रहणपछि गोदरेज क्यापिटलले सन् २०३१ सम्ममा ५० अर्ब भारुबराबरको गोल्ड लोन पोर्टफोलियो निर्माण गर्ने लक्ष्य लिएको छ।

आदित्य बिडला क्यापिटलले फरक बाटो रोजेको छ। विद्यमान ऋण प्रदायक संस्थालाई अधिग्रहण गर्नुको सट्टा कम्पनीले देशभर १ हजार शाखाहरूको सञ्जालमार्फत सुनको धितोमा ऋण दिने विशेष व्यवसाय स्थापना गर्ने योजना बनाएको छ।

हालैका यी सबै गतिविधिहरूले के संकेत गर्छन् भने ठूला ऋण प्रदायकहरूले अब सुनको धितोमा दिइने ऋणलाई विशेष प्रकारको स्वामित्व वा विशेषज्ञता आवश्यक पर्ने व्यवसायका रूपमा मात्र हेर्दैनन्। उनीहरूले यसलाई बढ्दो रूपमा खुद्रा कर्जा प्रवाहको एक मुख्य वा मेनस्ट्रिम श्रेणीका रूपमा हेर्न थालेका छन्।

सुनको धितोमा आधारित ऋण र धितोविहीन कर्जा हट्ने

चाखलाग्दो कुरा के छ भने, यस क्षेत्रप्रतिको बढ्दो आकर्षणको एउटा मुख्य कारण सुनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन।

विगत केही वर्षहरूमा, गैरबैंकिङ वित्तीय कम्पनीहरूले व्यक्तिगत ऋण, उपभोक्ता ऋण र अन्य धितोविहीन कर्जामा आक्रामक रूपमा विस्तार गरे। घरायसी ऋणको भारमा भएको वृद्धि र कर्जाको तीव्र विस्तारलाई लिएर चिन्ताहरू उत्पन्न भएपछि यो वृद्धिले अन्ततः नियामक निकायको ध्यान आकर्षित गरेकोे छ।

यस्तो परिवेशमा, धितोमा आधारित कर्जा बढी आकर्षक बनेको छ। असुरक्षित कर्जा वृद्धिदर सुस्त हुँदै गएको र नियामक निकायको निगरानी कडा पारिएको अवस्थामा, ऋणदाताहरू अब धितोमा आधारित खुद्रा कर्जा उत्पादनहरूतर्फ बढी आकर्षित भइरहेका छन्।

सुरक्षित कर्जाको दायरामा सुनको धितोमा पाइने कर्जा निकै आकर्षक मानिन्छन्। घर जग्गा धितो राखेर लिइने कर्जाको तुलनामा यसमा लामो कागजी प्रक्रिया, कानुनी प्रमाणीकरण वा लामो समय लाग्ने स्वीकृति प्रक्रियाको आवश्यकता पर्दैन।

त्यस्तै, व्यावसायिक कर्जाको विपरीत, यी कर्जाहरू व्यवसायको नगद प्रवाहमा धेरै निर्भर हुँदैनन्। यसमा धितोको रूपमा राखिने सुन सजिलै नगदमा परिणत गर्न सकिने र त्यसको मूल्य निर्धारण गर्न पनि सहज हुने खालको हुन्छ।

असुरक्षित कर्जाको क्षेत्रमा पहिले नै ठूलो कारोबार विस्तार गरिसकेका कम्पनीहरूका लागि सुनको धितोमा दिइने ऋण एउटा यस्तो विकल्प बनेको छ जसले असुरक्षित कर्जामार्फत हासिल गर्न कठिन हुँदै गएको वृद्धिलाई प्रतिस्थापन गर्न मद्दत गर्छ।

टाटा क्यापिटल, गोदरेज क्यापिटल र आदित्य बिडला क्यापिटलको यस क्षेत्रमा प्रवेश लगभग एकै समयमा हुनुको कारण पनि यसैले प्रस्ट पार्छ। सुनको मूल्यमा भएको वृद्धिले यस अवसरलाई अझ फराकिलो बनाएको छ भने असुरक्षित कर्जा प्रवाहमा देखिएको दबाबले यस अवसरलाई रणनीतिक रूपमा अझ महत्वपूर्ण बनाएको छ।

सुनको मूल्यमा भएको भारी वृद्धिले निस्सन्देह यस उद्योगको विकासलाई गति दिएको छ। सुनको भाउ बढ्दा ऋणीहरूले उही परिमाणको गहना धितो राखेर ठूलो रकमको ऋण प्राप्त गर्न सक्छन्। यसबाट विद्यमान ग्राहकहरू उच्च ऋण सीमाका लागि योग्य बन्छन् भने ऋण प्रदायकहरूको व्यवस्थापनमा रहेको सम्पत्तिमा पनि तीव्र वृद्धि देखिन्छ।

सुनको मूल्यमा भएको वृद्धिका कारण ऋण प्राप्त गर्ने क्षमतामा उल्लेख्य वृद्धि भएको छ र यसले नयाँ ऋणको मागलाई पनि बढाएको छ।

आईआईएफएल फाइनान्सका अध्यक्ष निर्मल जैनले विशेष गरी साना व्यवसायी र व्यापारीहरूमाझ सुनको उच्च मूल्यले सुन धितोमा आधारित ऋणको माग बढाउन मद्दत पुर्याउन सक्ने तर्क गरेका छन्। तर, यस क्षेत्रको आकर्षण भाउमा आउने चक्रीय वृद्धिसम्म मात्र सीमित छैन।

ईटीबीएफएसआईले यस वर्षको सुरुमा जनाएअनुसार, सुन धितोमा दिइने ऋणको कारोबारमा देखिएको हालैको विस्तार भौतिक परिमाणमा भएको वृद्धिका कारण नभई सुनको मूल्यमा भएको वृद्धिका कारण प्राप्त मूल्यांकन लाभको परिणाम हो।

तसर्थ, बजारमा प्रवेश गरिरहेका ठूला समूहहरूले दीर्घकालीन दृष्टिकोणका साथ कदम चालिरहेका छन्। उनीहरू वितरण सञ्जाल, विशेष टोली र शाखा पूर्वाधारमा लगानी गर्दैछन्। यस्तो लगानी तब मात्र अर्थपूर्ण हुन्छ जब उनीहरूले वर्तमान मूल्य चक्रभन्दा पर पनि निरन्तर माग रहने अपेक्षा गर्छन्।

ऋण लिनेहरूमा पनि परिवर्तन आइरहेको छ

मागको पक्षमा अर्को एउटा संरचनात्मक परिवर्तन देखिएको छ। विगतमा, घरायसी सुन धितो राख्ने कार्यलाई प्रायः आर्थिक संकट वा कठिनाइसँग जोडेर हेरिन्थ्यो। यसका ग्राहकहरूमा मुख्यतया ग्रामीण परिवार, व्यापारी र औपचारिक कर्जाको पहुँच सीमित भएका व्यक्तिहरू समावेश हुन्थे।

तर, अहिले यो दायरा फराकिलो हुँदै गएको छ। इकोनोमिक टाइम्सले मार्चमा प्रकाशित गरेको रिपोर्टअनुसार, सम्पन्न वर्गका व्यक्तिहरूले पनि सुनको धितोमा ऋण लिने क्रम बढ्दो छ र ५ लाख रुपैयाँभन्दा बढी रकमका ठूला ऋणहरू पनि सामान्य बन्दै गएका छन्।

यो परिवर्तनले घरपरिवारहरूमा सुनलाई केवल पारिवारिक सम्पत्तिको सञ्चयका रूपमा मात्र नभई एक वित्तीय सम्पत्तिका रूपमा हेर्ने बढ्दो प्रवृत्तिलाई झल्काउँछ। ऋण लिनेहरूका लागि लगानी बेचेर नगद बनाउनु वा अन्य प्रकारका ऋणको व्यवस्था गर्नुभन्दा छोटो अवधिको ऋणका लागि गहना धितो राख्नु छिटो र सस्तो हुन सक्छ।

ऋण दिनेहरूका लागि भने यस परिवर्तनले परम्परागत ग्राहक वर्गभन्दा धेरै फराकिलो बजारसम्म पहुँच विस्तार गर्छ। यसको नतिजा स्वरूप, यो सेवा खुद्रा वित्त (रिटेल फाइनान्स) को परिधिबाट विस्तारै मूलधारमा प्रवेश गर्दैछ। अधिग्रहण भनेको केवल पोर्टफोलियो (लगानीको दायरा) खरिद गर्नु होइन, बरु विशेषज्ञता हासिल गर्नु हो।

सुनको धितोमा ऋण दिने व्यवसाय बाहिरबाट हेर्दा सरल देखिए पनि यसको सञ्चालन मोडेल भने विशिष्ट प्रकृतिको हुन्छ। ऋण प्रदायकहरूलाई गहनाको सही मूल्यांकन गर्न सक्ने तालिमप्राप्त मूल्यांकनकर्ताहरूको आवश्यकता पर्दछ।

उनीहरूलाई भण्डारण, सुरक्षा र लिलामी व्यवस्थापनका लागि उपयुक्त प्रणालीहरू चाहिन्छ। साथै, उनीहरूलाई जालसाजी नियन्त्रण गर्ने संयन्त्र र शाखा स्तरका त्यस्ता प्रक्रियाहरूको पनि आवश्यकता पर्दछ। जुन अन्य खुद्रा ऋण व्यवसायहरूभन्दा भिन्न हुन्छन्। यसैले गर्दा टाटा क्यापिटल र गोदरेज क्यापिटलले नयाँ संरचना खडा गरेर विस्तार गर्नुको सट्टा अधिग्रहणको बाटो रोजेका हुन्।

स्थापित सञ्चालकहरूलाई अधिग्रहण गरेर उनीहरूले अनुभवी टोली, शाखा सञ्जाल र सञ्चालन प्रणालीहरू प्राप्त गरेका छन्। अन्यथा यस्ता पूर्वाधारहरू निर्माण गर्न वर्षौं लाग्न सक्थ्यो।

यो रणनीतिले वित्तीय संस्थाहरूले प्रायः लघुवित्त वा किफायती आवास वित्तजस्ता विशेष क्षेत्रहरूमा प्रवेश गर्ने तरिकालाई नै प्रतिविम्बित गर्छ। यदि तपाईं दीर्घकालीन लक्ष्यका साथ अघि बढ्दै हुनुहुन्छ भने भौतिक सम्पत्ति भन्दा विशेषज्ञता हासिल गर्नु बढी मूल्यवान हुन सक्छ।

नियमनले विकासलाई रोक्नुको सट्टा स्पष्टता ल्याइरहेको छ

यस क्षेत्रमा भारतीय रिजर्भ बैंक (आरबीआई) ले निगरानी कडा बनाउँदा सुरुमा विकासको सम्भावनालाई लिएर चिन्ताहरू उब्जिएका थिए।

अप्रिल महिनामा टाइम्स अफ इन्डियाले ऋणदाताहरूका लागि अझ कडा मूल्यांकन मापदण्ड र लोन टु भ्यालु (धितोको मूल्यको अनुपातमा ऋण) सम्बन्धी नियमहरू लागू गर्ने आरबीआईको प्रयासबारे समाचार प्रकाशित गरेको थियो। त्यसपछिका स्पष्टीकरणहरूले साना ऋणीहरूको चिन्ता कम गरे।

आरबीआईले संकेत गर्यो कि २.५ लाख रुपैयाँसम्मका ऋणका लागि ठूला ऋणहरूमा जस्तो कडा क्रेडिट अप्रेजल (ऋण मूल्यांकन) प्रक्रिया आवश्यक पर्ने छैन। साथै, पछि उसले साना आकारका ऋण प्रवाहसम्बन्धी केही सञ्चालनसम्बन्धी नियमहरूमा पनि लचकता अपनायो।

ठूला तथा संगठित ऋणदाताहरूका लागि कडा नियमन वास्तवमै लाभदायक हुन सक्छ। नियमहरूको एकरूपताले बलियो अनुपालन प्रणाली र पुँजीमा पहुँच भएका संस्थाहरूलाई फाइदा पुर्याउँछ भने साना प्रतिस्पर्धीहरूका लागि भने सञ्चालन सम्बन्धी भार बढाउँछ।

तसर्थ, नियमनको यो दिशाले बजारलाई खुम्च्याउनुको सट्टा यसलाई थप व्यवस्थित वा औपचारिक बनाउने सम्भावना बढी देखिन्छ।

आगामी चरणमा केन्द्रित रणनीतिक कदम

टाटा क्यापिटलद्वारा योगलोन्सको अधिग्रहण, गोदरेज क्यापिटलद्वारा कनकदुर्गाको सुन धितो कर्जा व्यवसायको खरिद र आदित्य बिडला क्यापिटलको शाखामा आधारित विस्तारजस्ता गतिविधिहरूले कुनै क्षणिक वा चक्रीय अवसरको पछि लाग्नुभन्दा पनि समग्र उद्योगमा आइरहेको बृहत परिवर्तनलाई संकेत गर्छन्।

आजकल सुनको धितोमा पाइने ऋणमा त्यस्ता धेरै विशेषताहरू पाइन्छन्। जुन अन्य खुद्रा कर्जा उत्पादनहरूमा एकैसाथ पाउन निकै कठिन हुँदै गएको छ। यो क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको छ।

यसमा धितोको रूपमा राखिने सुन सजिलै नगदमा परिणत गर्न सकिने हुन्छ र ऋणको अवधि पनि छोटो हुन्छ। साथै, धितो नराखी दिइने कर्जाको तुलनामा यसमा सम्पत्तिको गुणस्तरको पूर्वानुमान गर्न सामान्यतया बढी सहज हुन्छ।

यसका ग्राहकहरूको दायरा पनि फराकिलो हुँदै गइरहेको छ। भारतीय परिवारहरूसँग रहेको सुनको मौज्दातलाई हेर्दा यस क्षेत्रको बजारमा अझै पनि सेवाको पहुँच विस्तार गर्ने पर्याप्त सम्भावना बाँकी नै छ।

मुथुट फाइनान्स र मनप्पुरम फाइनान्सले उद्योगका अन्य कम्पनीहरूले भन्दा पहिले नै ती फाइदाहरू पहिचान गरी वर्षौंसम्म आफ्नो बलियो उपस्थिति वा फ्रान्चाइज निर्माण गरे। हालै यस क्षेत्रमा भित्रिएका नयाँ कम्पनीहरूको लहरले यो देखाउँछ कि ठूला तथा विविध क्षेत्रमा फैलिएका वित्तीय समूहहरू पनि अब उस्तै निष्कर्षमा पुगेका छन्।

ठूला समूहहरू यस व्यवसायमा प्रवेश गरिरहेका छन्। किनभने आज भारतीय रिटेल फाइनान्समा उपलब्ध विकल्पहरूमध्ये गोल्ड लोन वृद्धि, सुरक्षा र विस्तारको सम्भावनाको हिसाबले सबैभन्दा आकर्षकमध्ये एक बनेको छ।

 

 

 

 

 

 

 

प्रकाशित: २०८३ भदौ ६ गते शनिवार ०८:०६
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना