काठमाडौं– सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत ३ लाखको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकले खातावाला राममाया अधिकारीलाई बिमा कम्पनी मेटलाइफको संयोजनमा बिमा रकम भुक्तानी गरेको हो।
बालाजु शाखा प्रबन्धक रामहरि अधिकारीले बिमा रकमको चेक हस्तान्तरण गरे। अधिकारीले बैंकको धादिङबेंसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।
बैंकले दीर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको १३ घातक रोगको उपचार बिमा, १० हजारसम्मको ओपिडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधोपचार बिमा, ५० हजारको आवधिक जीवन बिमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान दिँदै आएको छ।


