काठमाडौँ- नेपाल रेमिट इन्टरनेसनल र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौता अनुसार अब जुनसुकै देशबाट पनि नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबी बैंकको बैंक खाता तथा एनएमबी बैंकका शाखा कार्यालयबाट सहजै पाउन सकिने छ।
रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन्।
नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। यस सम्झौतासँगै अब झन सहजै नेपालमा रेमिट्यान्स प्राप्त गर्न सकिने कम्पनीको विश्वास छ।


