काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। जलहरीमा राखिएका धातुहरूको तौल निकाल्न अझै केही दिन लाग्न सक्ने अख्तियारको भनाइ छ।
जलहरीमा १०६.४३२५ किलो ग्राम सुन मापन भएको अख्तियारको भनाइ छ। जलहरी कस्न बनाइएका काँटीको मापन साढे एक किलोग्राम भएको अख्तियारको भनाइ छ।
पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे नापतौल गरिएको थियो।
महालेखा परीक्षकको प्रतिवेदनमा जलहरीमा प्रयोग भएको सुनको मापन करिब ९७ केजी र करिब ११ केजीको रिङ भएको भन्दै पशुपति विकास कोषको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो।
यसअघि कोषका सदस्य सचिव मिलन थापाले संसदीय समितिमा जलहरीको तौल मापन गर्न आग्रह गरेका थिए। पशुपतिमा सुनको जलहरीको विषय करिब दुई वर्षसम्म विवादित बनेको थियो।


