२०८३ कार्तिक १२ गते बुधबार

साढे तीन करोडमा बनेको ‘बेहुली’को ट्रेलर सार्वजनिक, पाँच प्रतिशत बाढीपीडितलाई दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
behuli

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो।

कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ‘बेहुली’ प्रदर्शनबाट निर्माताको भागमा आउने आम्दानीको पाँच प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरे।

उनले बाढीपीडितका लागि चलचित्र क्षेत्रबाट व्यक्तिगत रूपमा समेत सहयोग गरिएको उल्लेख गर्दै चलचित्र प्रदर्शनपछि आफ्नो भागमा आउने रकम नाफा भए पनि वा घाटा भएपनि त्यसको पाँच प्रतिशत सहयोग गर्ने बताए।

उनले चलचित्र निर्माणमा साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको र अझै प्रचारप्रसारको काम बाँकी रहेको बताए । चलचित्रबाट आफ्नो लगानी उठ्छ वा उठ्दैन भन्ने कुरा अलग विषय भएपनि सामाजिक उत्तरदायित्वअन्तर्गत आम्दानीको निश्चित हिस्सा पीडितका लागि छुट्याउने निर्णय गरिएको उनको भनाइ छ।

उनले भने,‘सिनेमा बनाइसकेपछि पनि अब के गर्ने भनेर सम्पूर्ण टिमले सल्लाह ग¥यौँ। चलचित्र चलिसकेपछि हलमा गएर प्रदर्शन भइसकेपछि डिस्ट्रिब्युटर र हलले काटेर निर्माताको भागमा जति प्रतिशत आउँछ, त्यसबाट ५ प्रतिशत बाढीपीडितलाई सहयोग गर्दैछौँ। हाम्रो भागमा एक लाख आएपनि वा बीसौँ करोड आए पनि त्यसबाट ५ प्रतिशत दिन्छौँ। यसको मतलब हामीलाई फाइदा भएपछि मात्रै दिन्छौँ भन्ने होइन। घाटा हुँदा पनि दिन्छौँ, नाफा हुँदा पनि दिन्छौँ।’

यस्तै अभिनेत्री दिव्या रायमाझीले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकट गरिन्। उनले अहिलेको अवस्था सम्पूर्ण नेपालीका लागि निकै कठिन रहेको बताउँदै यस्तो परिस्थितिमा चलचित्र प्रदर्शन गर्ने निर्णय लिन आफूहरूलाई पनि सहज नभएको बताइन्।

उनले दुःखलाई बिर्सनुभन्दा त्यसलाई स्वीकार गर्दै जीवनमा बिस्तारै अगाडि बढ्नुपर्ने बताइन्।

ट्रेलर सार्वजनिक कार्यक्रममा पहिलोपटक आफूले पनि ट्रेलर हेरेको बताउँदै रायमाझीले चलचित्रको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन्। उनले दर्शकलाई चलचित्रप्रति माया र समर्थन गरिदिन आग्रह गरिन्।

त्यस्तै कलाकार पारस बम ठकुरीले पनि विपद्मा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कठिन परिस्थितिका बीच चलचित्र प्रदर्शन गर्न लागिएको बताए। उनले ट्रेलर सार्वजनिक कार्यक्रममा प्राविधिक कारणले केही समस्या देखिएको भन्दै दर्शकसँग क्षमा मागे।

देश शोकमा रहेका बेला पनि चलचित्र क्षेत्रलाई चलायमान राख्न आवश्यक रहेको उनको भनाइ थियो।

उनले चलचित्र प्रदर्शन रोकिँदा त्यसको असर कलाकार, प्राविधिक तथा यससँग जोडिएका धेरै व्यक्तिको रोजगारीमा पर्ने बताए। विदेशी चलचित्र प्रदर्शन भइरहेका बेला नेपाली चलचित्रलाई मात्र रोक्न दबाब दिनु उचित नभएको उनको भनाइ थियो।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा कलाकार पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेमलाई देखाइएको छ। चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार ०८:१०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना