काठमाडौं। छिमेकी चीनको निर्यात व्यापारको ग्राफ निरन्तर उकालो लागेको छ। मंगबार सार्वजनिक गरिएको आधिकारिक भन्सार तथ्यांकअनुसार, यस वर्षको आठ महिनामा चीनको वैदेशिक व्यापारमा निकै सकारात्मक वृद्धि देखिएको हो।
यस अवधिमा कुल वस्तु आयात र निर्यात १७.६ प्रतिशतले बढेर तीन सय ४७ खर्ब ८० अर्ब (३४.७८ ट्रिलियन) युआन पुगेको छ। डलरमा ५१ खर्ब ८० अर्ब पुगेको छ। यो वृद्धिदर पहिलो सात महिनाको तुलनामा ०.३ प्रतिशत विन्दुले बढी हो।
निर्यात १४.६ प्रतिशत बढेर दुई सय एक खर्ब ७० अर्ब (२०.१७ ट्रिलियन) युआन पुगेको छ। यसबीचमा आयात २२ प्रतिशत बढेर एक सय ४६ खर्ब १० अर्ब (१४.६१ ट्रिलियन) युआन कायम भएको छ।
अगस्ट महिनामा मात्रै चीनको वस्तु व्यापार १९.८ प्रतिशत बढेर ४.६५ ट्रिलियन युआन पुगेको छ। यस अवधिमा निर्यात १८.६ प्रतिशत र आयात २१.७ प्रतिशत बढेको छ।
लगातार चौथो महिनासम्म आयात र निर्यात दुवैमा दोहोरो अंकको वृद्धि देखिएको हो। लगातार छ महिनादेखि आयातको वार्षिक वृद्धिदर निर्यातको वृद्धिदरभन्दा बढी छ। (ग्लोबल टाइम्स)


