२०८३ कार्तिक ११ गते मङ्गलबार

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २६
New Project – 2026-09-11T152106.762

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्।

होटल बुकिङसँगै भुक्तानीसमेत एपबाटै गर्न सकिने कम्पनीले जनाएको छ। बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेकाले भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्काल बुकिङ कन्फर्मेसन प्राप्त गर्नेछन्।

खल्तीले यो सेवा स्याफायर म्यानेजमेन्ट ग्रुप प्रालिसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याएको हो।

नयाँ सेवासँगै खल्तीमा आन्तरिक उडान तथा बस बुकिङ गर्ने प्रयोगकर्ताले आफ्नो गन्तव्यमा बस्नका लागि होटलसमेत एउटै एपबाट बुक गर्न सक्ने भएका छन्। यससँगै खल्ती भुक्तानी सेवामा मात्र सीमित नभई सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने प्लेटफर्मका रूपमा विस्तार भएको कम्पनीको भनाइ छ।

होटल बुकिङमा ५० प्रतिशतसम्म क्यासब्याक

‘यात्रा अझ सजिलो खल्तीमै’ अभियानअन्तर्गत कम्पनीले नयाँ सेवाको सुरुवातसँगै अफरसमेत सार्वजनिक गरेको छ।

अफर अवधिभर होटल बुकिङ गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट २० जना भाग्यशाली विजेता छनोट गरिनेछ। छनोट भएका प्रत्येक विजेताले प्रतिबुकिङ अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्।

‘सम्पूर्ण यात्रा एउटै एपमा’ बनाउने लक्ष्य

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको अवस्थामा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको यात्रा अनुभवलाई थप सहज बनाउने बताए।

उनका अनुसार ‘खल्ती होटल्स’ कम्पनीको ‘एउटै एपमा सम्पूर्ण यात्रा’ भन्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो।

स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईंले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई १ करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच पुर्‍याउन सहयोग गर्ने बताए।

उनले यस सेवाबाट यात्रुले भरपर्दो तथा प्रमाणित बासस्थान छनोट गर्न सहज हुने दाबी गरे।

खल्ती एपबाटै होटल बुकिङ

‘खल्ती होटल्स’ सेवा खल्ती एपको ‘ट्राभल एन्ड इन्टरटेनमेन्ट’ खण्डमा उपलब्ध छ। होटल बुकिङसम्बन्धी समस्या वा सहयोग आवश्यक परेमा प्रयोगकर्ता तथा होटल व्यवसायी दुवैका लागि ग्राहक सहायता सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

खल्तीका अनुसार नयाँ सेवामा हाल नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल समावेश छन्। कम्पनीले आगामी दिनमा होटल बुकिङ सेवाको पहुँच र सुविधा थप विस्तार गर्दै लैजाने जनाएको छ।

प्रकाशित: २०८३ भदौ २६ गते शुक्रबार ०३:२१
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना