२०८३ भदौ ३० गते मङ्गलबार

‘झिँगेदाउ गर्दिनका लागि गरेको चलचित्र हो, तर जीवनभर सम्झिनलायक काम बन्यो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
anchal_sharma

नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र नर्माण टिम उत्साहित छ।

अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन्। आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन्। ‘झिङ्गेदाउ’ ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ। यिनै विषयमा केन्द्रित रहेर नेपाल न्युज बैंकले अभिनेत्री शर्मासँग गरेको कुराकानीको सम्पादित अंश–

‘झिङ्गेदाउ २’ कुन विषयबस्तुमा केन्द्रित फिल्म हो?

यसको सिक्वेल पहिलेभन्दा सबै कुरा एडेड छ जस्तो लाग्छ। इन्टरटेनमेन्ट पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि डबल छ जस्तो लाग्छ। ‘झिङ्गेदाउ’ केवल एउटा चलचित्र नभएर मेरो अभिनय यात्राकै महत्त्वपूर्ण मोड हो। ‘झिङ्गेदाउ’ आफूले पहिले निर्वाह गरेका भूमिकाभन्दा चलचित्रको पात्र बिल्कुलै फरक लागेको थियो।  मैले ‘यसमा मलाई किन रोज्नुभएको ? यो त केही सेन्स नै गरेन’ जस्तो भएको थियो। गर्दिनलाई गर्देको चलचित्र हो खासमा। निर्देशक ज्ञानेन्द्र देउजाको कामप्रतिको समर्पण र पुराना चलचित्रबारे खोजेपछि केही सिक्ने उद्देश्यले काम गरेको थिएँ। तर अपेक्षा नगरेको चलचित्र नै आफ्नो जीवनभर सम्झनलायक काममध्ये एक बन्यो।

सिक्वेल किन बन्यो? के फरक छ?

‘सिक्स इयर्सपछि ‘टु’ आइरहँदाखेरी डेफिनेट्ली एउटा पात्रमा पनि परिमार्जन हुँदै आयो जस्तो लाग्छ। म, आँचल शर्मा पनि ठूलो हुँदै आएँ जस्तो लाग्छ, अझै सिकेँ जस्तो लाग्छ। समयसँगै ममामा आएको परिपक्वताले पात्रलाई पहिलेभन्दा विभिन्न कोणबाट बुझ्न र न्याय गर्न सहज भएको अनुभूति भएको छ।

केकीसँगको ट्युनिङ मिलेको देखिन्छ। कत्तिको सहज भयो काम गर्न?

दिदी म तपाईंलाई भुताल्छु, तपाईं मैंले भुतालेको जस्तो गर्नु भनेर भनेपछि हाम्रो ट्युनिङ मिल्थ्यो। केकीसँगको मित्रता र आपसी समझदारीका कारण कठिन दृश्यहरू पनि सहज भयो। एकअर्कासँग सल्लाह गरेर दृश्य तयार गर्ने भएकाले अभिनयमा स्वाभाविकता ल्याउन मद्दत पुग्यो।

तर पर्दामा देखिने झगडा त्यति सहज भने थिएन। रुख चढेर अभिनय गर्नुपर्ने दृश्यमा म निकै डराएको थिएँ। त्यति अग्लो रुखमा कहिल्यै नचढेको र त्यसमाथि हिँड्दै अभिनय गर्नुपर्ने भएकाले दुर्घटनाको डरसमेत लागेको थियो। म अत्तालिहालेँ भने केकी दिदीले समातिहाल्नुहुन्थ्यो र केकी दिदी अत्तिँदा मैले समातिहाल्थेँ।

चलचित्रमा हुने कुटपिटका दृश्यले शारीरिक पीडा पनि दियो। कपाल दुख्ने, लड्दा नीलडाम बस्ने समस्या आए। चलचित्र राम्रो चलेपछि ती सबै सम्झना रमाइलो लाग्ने रहेछन्।

छुच्चोपना निकाल्न कत्तिको सहज बन्यो? 

म स्पष्ट रूपमा कुरा राख्ने भए पनि पर्दामा देखाइने किसिमको लुछाचुँडी र झगडा भने वास्तविक जीवनमा गरिनँ। पात्रभित्रको छुच्चोपना र आक्रामकता आफूभित्र केही हदसम्म भएको चाहिँ स्वीकार्छु। त्यसलाई बाहिर ल्याउन स्क्रिप्ट, सहकलाकार र विशेषगरी केकीको अभिनयले सहयोग गर्‍यो।

सहकलाकारले दिएको प्रतिक्रिया र ऊर्जा नै अभिनयलाई जीवन्त बनाउने महत्त्वपूर्ण आधार रहेछ।

चलचित्र पारिवारिक झगडा र बुहारी–सासूबीचको सम्बन्ध अहिलेको समाजमा कति सान्दर्भिक छ?

झगडाको शैली समयसँगै बदलिएको हुन सक्छ, तर पारिवारिक मनमुटाव र सम्बन्धमा आउने उतारचढाव अझै समाजका विभिन्न तहमा विद्यमान छन्। नेपालका विभिन्न भूगोल तथा समुदायमा फरक–फरक सामाजिक यथार्थ रहेका छन्। चलचित्रले धेरै दर्शकलाई आफ्नै परिवेशसँग जोड्न सक्छ।

चलचित्रको उद्देश्य केवल मनोरञ्जन दिनु होइन, दर्शकलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिनु पनि हो। हामीले चाहिँ यी बुहारीहरू जस्तो गर्नुहुँदैन है, यी पात्रहरूले जस्तो झगडा गर्नुहुँदैन। समाज हामीले त यसरी लानुपर्छ, हाम्रो घरगृहस्थी यसरी लानुपर्छ भन्ने सिक्ने मौका पनि हो जस्तो लाग्छ।

बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा म छैन। बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार १२:१६
प्रतिक्रिया

थप समाचार

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक, मंसिरमा प्रर्दशनमा आउने

काठमाडौं। ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर...

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।

‘गौंथली’ बन्यो बढी कमाउने चलचित्र, कूल आम्दानी पौने २६ करोड

काठमाडौं। चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने...

साढे तीन करोडमा बनेको ‘बेहुली’को ट्रेलर सार्वजनिक, पाँच प्रतिशत बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका...

‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सघाउन भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनु सूद मंगलबार काठमाडौं आइपुगेका छन् । लायन्स क्लब्स...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना