२०८३ कार्तिक १३ गते बिहिबार

३० जना विरामी हेर्नुपर्ने डाक्टरलाई सय जना हेनुपर्ने बाध्यता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १२
doctor
तस्बिर : विश्व स्वास्थ्य संगठन

चितवन – सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ। भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन्।

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ।

अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ। जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार दुई वर्षअघि अस्पतालमा भएको ‘ओएनएम सर्भे’ अनुसार एक हजार ८७ कर्मचारी आवश्यक पर्ने हो। सर्भेअनुसार कर्मचारी नहुँदा अस्पताल विकास समिति र ठेकेदारमार्फत राखिएका कर्मचारीको भरमा अस्पताल चलिरहेको छ।

विसं २०७५ मा अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा पाँच सय शय्या बनाउने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा कर्मचारीको अभावका कारण व्यवस्थापनमा कठिनाइ भएको हो। अहिले अस्पताल छ सय शय्यामा सञ्चालनमा छ।

अस्पतालमा सरकारी र विकास समिति गरी नौ सय १५ चिकित्सक कर्मचारी कार्यरत रहेका छन्। सरकारले पाँच सय शय्याको अस्पतालका रूपमा विकास गर्दैगर्दा पनि दरबन्दी भने एक सय ५० शय्याको मात्र रहेको छ।

पौडेलका अनुसार दैनिक एक जना चिकित्सकले ३० जना बिरामी हेर्नुपर्नेमा ५० देखि एक सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ। उहाँले भने, ‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक जना चिकित्सकले ३० जना बिरामी हेर्ने हो तर यो सम्भव छैन।’

भरतपुर अस्पतालमा बिरामीको विश्वास बढ्दै गएकाले चाप दैनिक बढेको उनले जानकारी दिए। कोभिड सङ्क्रमणको समयमा भन्दा पछिल्ला वर्षमा बिरामीको चाप बढ्दै गएको पौडेलले बताए। उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अस्पतालमा लागू हुनु, अस्पतालप्रति विश्वास बढ्दै जानु र अस्पतालमा दिइने सेवालाई विशिष्टकृत गर्दै जाँदा बिरामीको चाप बढ्दै गएको हो।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा शय्या बढेको, सघन उपचारकक्ष थप गर्नु, बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आउनु, अस्पतालका भौतिक संरचनासँगै अत्याधुनिक प्रविधिबाट उपचार हुनुले अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो।

बिरामीको चाप बढेसँगै अहिले अस्पतालमा मिर्गौलाको डायलायसिस उपकरण थप गरी २० वटा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ। छवटा थप गर्न लागिएको हो।

आधुनिक शल्यक्रिया कक्ष, आकस्मिक कक्षका लागि छुट्टै टिकट काउन्टर, विशेषज्ञ सेवाका लागि जिओपिडी, बहिरङ्ग सेवाको टिकट काट्ने काउन्टर थपसँगै उपचार समय पनि थप गरिनु, विशेषज्ञ सेवा नियमित हुनुले अस्पतालमा बिरामीको चाप बढेको उको भनाइ छ।

प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताललाई चिनिन्छ। जिल्लामा प्रसूतिको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ।

प्रकाशित: २०८० असार १२ गते मङ्गलबार ११:५०
प्रतिक्रिया

थप समाचार

बजेटबारे स्वास्थ्य र उद्योग मन्त्रालयसँग अर्थले गर्‍यो छलफल

अर्थ मन्त्रालयले यसअघि नयाँ आर्थिक वर्षको बजेटबारे भौतिक, सहरी र उर्जा मन्त्रालयसँग छलफल गरिसकेको छ।

स्वास्थ्य शिविरबाट एक हजार सातसय बढी लाभान्वित

म्याग्दी (बेनी)- म्याग्दी जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन्। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा...

कोशी प्रदेशमा २३ लाख नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

मोरङ- सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरुले बताएका छन्। स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा...

डेङ्गुप्रति सचेतना अपनाउन आग्रह

काठमाडौँ- गर्मीयाम सुरु भएसँगै डेङ्गुको जोखिम पनि बढ्न थालेको छ। गर्मी बढेसँगै मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गुको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै...

बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन्

काठमाडौँ- मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना