चिनियाँ अर्बपति ज्याक मा नेपाल आएका छ्न्। उनी बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
उनी सहित ६ जनाको टोली नेपाल भ्रमणमा आएको हो। उनी तीन दिन नेपालमा बस्ने बताइएको छ। ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। उनी आफ्नो देश चिनमाभन्दा अन्य देशहरूमा बढी लोकप्रिय छ्न्। अभियक्तिका कारण चीन सरकारले उनलाई काराबाही समेत गरेको छ। सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषणका कारण उनी निकै लामो समय भुमिगत बस्नुपरेको थियो।
उनले सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरेपछि चिनियाँ राष्ट्रप्रति सि जिङपिङ आक्रोशित बनेको समचार अन्तर्राष्ट्रिय संचार माध्यमले प्रकाशन गरेका थिए।


