काठमाडौँ: भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङका समुदायमा राहत सामग्री पुर्याउन याङ्गोले निःशुल्क ढुवानी सहयोग गरिरहेको छ।
याङ्गोले आफ्नो डेलिभरी कार्गो सेवामार्फत स्थानीय गैरसरकारी संस्थासँगको सहकार्यमा प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गरिरहेको हो। कम्पनीका अनुसार हालसम्म यस अभियानबाट १ हजारभन्दा बढी मानिससम्म राहत सामग्री पुर्याउन सहयोग पुगेको छ।
भोटेकोशी बाढीपछि राहत तथा उद्धार कार्य सुरु भएदेखि नै याङ्गोले ढुवानी सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। काठमाडौंभित्र तथा काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रसम्म राहत सामग्री पुर्याउन ‘हामी नेपाल’, ‘अस्तित्व नेपाल’ र ‘क्राइसिस कनेक्ट नेपाल’ लगायतका स्थानीय संस्थालाई याङ्गो डेलिभरीले सहयोग गरिरहेको छ।
राहत अभियानमा याङ्गोका चालक साझेदारसमेत सहभागी भएका छन्। सेप्टेम्बर २ मा याङ्गोका फ्लिट पार्टनर इजी राइड नेपालले स्थानीय समुदायका लागि खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा याङ्गोको नेतृत्व टोली, प्रमुख सन्तोष पाण्डे, चालक साझेदार, साझेदार संस्था तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
याङ्गो प्रमुख सन्तोष पाण्डेले विपद्का बेला कम्पनीसँग उपलब्ध स्रोतसाधनलाई राहत कार्यमा परिचालन गर्नु आफ्नो प्राथमिकता रहेको बताए। उनका अनुसार बाढीको खबर आएलगत्तै प्रभावित समुदायलाई छिटो सहयोग पुर्याउन कम्पनीले आफ्नो सवारीसाधन, चालक साझेदार र वितरण सञ्जाललाई राहत कार्यमा परिचालन गरेको हो।
राहत सामग्री ढुवानीसँगै याङ्गोले आफ्नो डिजिटल प्लेटफर्ममार्फत नागरिकलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नसमेत सहज बनाएको जनाएको छ। याङ्गो एपमा राखिएको विशेष ब्यानरमार्फत प्रयोगकर्तालाई प्रधानमन्त्री राहत कोषको आधिकारिक वेबसाइटमा पुर्याउने व्यवस्था गरिएको थियो। त्यसबाट प्रयोगकर्ताले राहतसम्बन्धी जानकारी लिनुका साथै प्रभावित समुदायका लागि आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।


