काठमाडौँ: साधारण सेयर (आईपीओ) जारी गर्न लागेको चारतारे स्तरको रुपाकोट रिसोर्ट लिमिटेडको क्षमता बढाउन पूर्वाधार निर्माणको काम भइरहेको छ।
रिसोर्टले ९ कोठा थपेर हालै ५१ कोठामा स्तरोन्नति गरिसकेको छ। यसबाहेक, रुपाकोटले आगामी सन् २०२७ को जुलाई मध्यसम्ममा रिसोर्टको क्षमता ५१ कोठाबाट बढाएर ६९ कोठा क्षमतामा स्तरोन्नति गर्ने भएको छ।
यसबीचमा थप रेस्टुरेन्ट विकास गर्ने योजना रिसोर्टले बनाएको छ। हालसम्म ८८ प्रतिशत वित्तीय प्रगति हासिल भइसकेको छ। थप लागत स्वपुँजी (इक्विटी) मार्फत वित्तपोषण गरिने भएको छ।
व्यापार ३० प्रतिशत वृद्धि
रिसोर्टले एक वर्षमा १३ करोड रुपैयाँ व्यापार गरेको छ। अघिल्लो वर्ष रुपाकोटले १० करोड रुपैयाँको व्यापार गरेको थियो।
एक वर्षमा आम्दानी ३ करोड रुपैयाँ पुगेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२४ मा रिसोर्टको व्यापार ७ करोड ४० लाख रुपैयाँ थियो। तीन वर्षको वित्तीय विवरण हेर्दा रिसोर्टको व्यापार बढ्दै गएको देखिएको छ। आम्दानीका साथै मार्जिन पनि बढेर १४.४४ प्रतिशत पुगेको छ। सन् २०२५ मा रिसोर्टको मार्जिन १३.४६ प्रतिशत थियो।
रुपाकोर्ट रिसोर्टले आईपीओ निष्काशन गर्ने, ‘आइडिया टू आईपीओ’मा एनआईसी एशिया क्यापिटल
रिसोर्ट रूपाकोटमा रणनीतिक रूपमा अवस्थित छ। पोखरा आन्तरिक विमानस्थलबाट लगभग २२ किलोमिटर टाढा छ। जसले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि सुविधाजनक पहुँच सुनिश्चित गर्दछ।
नेपालको अग्रणी पर्यटन गन्तव्यहरू मध्ये एक पोखरामा अवस्थित रुपाकोट रिसोर्टले बलियो सडक सम्पर्क र काठमाडौँ र अन्य प्रमुख शहरहरूसँग नजिकको सम्बन्धबाट फाइदा लिन्छ।
यो रिसोर्ट रूपा तालबाट लगभग ५ किलोमिटर र बेगनास तालबाट ६ किलोमिटर दुरिमा रहेको छ। जसले पाहुनाहरूलाई यस क्षेत्रका प्रमुख मनोरञ्जनात्मक आकर्षणहरूमा सजिलो पहुँच प्रदान गर्दछ।
रिसोर्टले हिमालय पर्वत श्रृङखलाको मनोरम दृश्यहरू प्रदान गर्दछ। जसले फुर्सद र प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रूपमा यसको आकर्षण बढाउँछ।रिसोर्ट सन् २०१२ मा स्थापना भएको हो। रिसोर्ट ९ रोपनी क्षेत्रफलमा फैलिएको छ।
रुपाकोट रिसोर्टले पनि आईपीओ निष्काशनको प्रक्रिया अघि बढाएको छ। रिसोर्टले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउने गरी एनआईसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको हो।
एनआईसी एशिया क्यापिटलले ‘आइडिया टू आईपीओ’ सेवाअन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी सर्वसाधारणका लागि सेयर निष्काशनसम्मको प्रक्रियामा आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।


