काठमाडौँ: सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’ योजना सार्वजनिक गरेको छ। सेप्टेम्बर २० देखि नोभेम्बर १६ सम्म सञ्चालन हुने योजनामा टिभी तथा होम अप्लायन्स खरिदमा क्यासब्याक, उपहार र लक्की ड्रको सुविधा दिइने कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक ३१ जना विजेताले ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टिभीमध्ये एक पुरस्कार पाउनेछन्। त्यस्तै, साप्ताहिक ८ जना विजेताले १ टन एसी जित्ने मौका पाउनेछन्।
लक्की ड्रमा सहभागी हुन खरिद गरिएको सामानको पछाडि रहेको १४ अंकको सिरियल नम्बर ‘Samsung [सिरियल नम्बर]’ ढाँचामा ३७२७३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ।
यस योजनामा टिभी खरिदमा २६ प्रतिशतसम्म, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म र वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ। रेफ्रिजेरेटरमा ५ हजार र वासिङ मेसिनमा ३ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि दिइनेछ।
छनोट गरिएका टिभी मोडलमा निःशुल्क साउन्डबार तथा १२ महिनासम्म नेटटीभी प्याकेज र केही वासिङ मेसिनमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्टसमेत उपलब्ध गराइनेछ। ग्राहकले सामसङका अधिकृत स्टोरबाट योजना लिन सक्नेछन्।


