काठमाडौँ: काठमाडौं उपत्यकाको ऐतिहासिक तथा प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इन्जिनीयरिङ ड्रिङ्क र द लोलकले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन्।
नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई उजागर गरिएको थियो। कार्यक्रममा युवापुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोडिन प्रेरित गरिएको आयोजकले जनाएको छ।
इन्द्रजात्राको सांस्कृतिक विविधता र जीवन्त वातावरणलाई थप उत्साहपूर्ण बनाउन विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिइएको थियो।
एक्स्ट्रिम इन्जिनीयरिङ ड्रिङ्कले स्थानीय जात्रा, पर्व तथा समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै आएको जनाएको छ।


