२०८३ कार्तिक ११ गते मङ्गलबार

अनामनगर युनियन हाउसमा खुल्यो रेसुङ्गा भोजनालय, पाँचतारे होटलको स्तरमा पुर्याउने लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १०
resunga

काठमाडौं। राजधानीको अनामनगरस्थित युनियन हाउसमा रैथाने नेपाली खानालाई प्राथमिकता दिँदै रेसुङ्गा भोजनालय सञ्चालनमा आएको छ।

भोजनालयले गाउँघरमा प्रचलित मौलिक नेपाली परिकारलाई आधुनिक तथा व्यवस्थित शैलीमा ग्राहकसमक्ष प्रस्तुत गर्ने जनाएको छ।रेसुङ्गा भोजनालयले आजदेखि सफ्ट ओपनिङ सुरु गरेको हो।

अनामनगर युनियन हाउसका अध्यक्ष सूर्य माखिमले युनियन हाउसलाई पछिल्लो दुई वर्षदेखि थप व्यवस्थित र स्तरोन्नति गर्दै हस्पिटालिटी हबका रूपमा विकास गरिएको बताएका छन्। यहाँ ब्यांक्वेट, रेस्टुरेन्ट, क्याफे, प्रेस क्लब, अध्ययन केन्द्र तथा डिलक्स बेडरुमलगायतका सेवा उपलब्ध उनले बताए।

माखिमले युनियन हाउसलाई आगामी १० वर्षभित्र फाइभस्टार होटलको स्तरमा पुर्याउने लक्ष्य रहेको बताए। त्यसका लागि सेवा, कर्मचारीको दक्षता, वातावरण तथा पूर्वाधारमा अहिलेबाटै आवश्यक अभ्यास र तयारी सुरु गरिएको उनले बताए।

उनले रेसुङ्गा भोजनालयमार्फत गाउँघरमा पाइने मौलिक स्वादलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न खोजिएको बताए। उनका अनुसार एउटै थालीमा भात, दाल, साग, गुन्द्रुक, मासु, माछा, अचारलगायतका विभिन्न परिकार समेटेर ‘रैथाने नेपाली स्वाद’ प्रस्तुत गरिनेछ।

हाउसका अध्यक्ष माखिमका अनुसार भोजनालयमा पारिवारिक जमघट, पार्टी, विवाह भोज तथा विभिन्न कार्यक्रम आयोजना गर्न सकिनेछ। त्यसका लागि ब्यांक्वेट तथा इभेन्ट सेन्टरसँगै कार्यक्रमपछि बस्न चाहनेका लागि डिलक्स कोठाको समेत व्यवस्था गरिएको छ।

यस्तौ गरी, रेसुङ्गा भोजनालयका सञ्चालक शिव पौडेलले आफूले लामो समयदेखि नेपाली रैथाने खानालाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने योजना बनाए पनि विभिन्न परिस्थितिका कारण ढिलाइ भएको बताए। अहिले युनियन हाउससँगको सहकार्यमा उक्त योजना कार्यान्वयनमा आएको उनले बताए।

पौडेलका अनुसार भोजनालयमा दाङको बधिया भाले, बोकाको मासु, पक्कु, रक्ती, भुटन, स्थानीय कुखुरा तथा ढिँडोलगायतका परिकार मुख्य आकर्षणका रूपमा रहने छन्। स्थानीय शैलीमा तयार गरिएका परिकारलाई स्वच्छ र व्यवस्थित रूपमा ग्राहकसमक्ष पुर्याउने उनले बताए।

उनले आफू मुख्य सेफका रूपमा काम गर्दै आएको र आफ्नै शैलीमा खाना तयार गर्न सक्ने १० देखि १२ जना सेफ तयार गरिसकेको बताए। बाहिरबाट सेफ ल्याउनेभन्दा आफ्नै जनशक्तिलाई तालिम दिएर दक्ष बनाउने योजना रहेको पनि उनले जानकारी दिए।

रेसुङ्गा भोजनालयमा परिवार तथा समूहका लागि आवश्यकताअनुसार विभिन्न परिकार तयार गर्ने व्यवस्था रहेको सञ्चालकले बताए। ग्राहकले आफ्नो रुचिअनुसार भाले तथा अन्य परिकार छनोट गरी खान सक्नेछन्।

सञ्चालक पौडेलले अन्य पार्टी प्यालेसमा प्रायः पाइने परिकारभन्दा फरक रूपमा मौलिक नेपाली खानालाई कार्यक्रमको मेनुमा समेट्ने योजना रहेको बताए। नेपाली समाजका विभिन्न भूगोल र समुदायमा प्रचलित स्थानीय परिकारलाई पार्टी तथा इभेन्टको मेनुमा समावेश गर्दै लैजाने उनको भनाई छ।

 

प्रकाशित: २०८३ असोज १० गते शनिवार ०६:२९
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना