२०८३ कार्तिक १४ गते शुक्रबार

उद्योगमा सौर्य तथा ब्याट्री ऊर्जा प्रविधि प्रवर्द्धन गर्न ४५ इन्जिनियरलाई उच्चस्तरीय तालिम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १३
WhatsApp Image 2026-09-29 at 09.34.09

काठमाडौँ: नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, जडान र सुरक्षा’सम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको हो।

प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा सञ्चालित यो कार्यक्रम संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास संगठन (युएनआईडिऔ) द्वारा व्यवस्थापित तथा बेलायत सरकारको सहयोगमा एक्सिलरेट-टु-डेमोन्स्ट्रेट (एटुडी) फ्यासिलिटी अन्तर्गत सञ्चालित ग्रिड रेजिलेन्स थ्रु इन्टेलिजन्ट फोटोभोल्टाइक सिस्टम्स फेज-२ (जीआरआईपीएस२) परियोजना मार्फत आयोजना गरिएको हो।

पाँच दिनसम्म सञ्चालन हुने यस तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्थान र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूबाट छनोट गरिएका ४५ जना इन्जिनियरहरूको सहभागिता रहेको छ।

तालिमका क्रममा सहभागीहरूलाई औद्योगिक क्षेत्रका लागि आवश्यक सोलार पीभी तथा बीईएसएस प्रणालीको डिजाइन, जडान, सञ्चालन, सुरक्षा व्यवस्थापन, आर्थिक विश्लेषण तथा ग्रिड एकीकरण सम्बन्धी व्यावहारिक र प्राविधिक ज्ञान हस्तान्तरण गरिनेछ।

तालिममा ऊर्जा संक्रमण, नेपालमा सौर्य र ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक डिकार्बोनाइजेसन (औद्योगिक कार्बन उत्सर्जन कटौती), ऊर्जा व्यवस्थापन, ग्रिड सेवाहरू, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षा, सञ्चालन तथा मर्मत र पुनःप्रयोग एवं पुनर्चक्रणजस्ता महत्वपूर्ण विषयहरू समेटिएका छन्। सैद्धान्तिक ज्ञानका अलावा सहभागीहरूलाई वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूह अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभव गराइने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।

नेपालले स्वच्छ ऊर्जा विस्तार, ऊर्जा सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकतामा राखिरहेको वर्तमान सन्दर्भमा सौर्य ऊर्जा र बीईएसएसको प्रयोगले उद्योगहरूको ऊर्जा लागत घटाउन, विद्युत् आपूर्तिको भरपर्दोपना बढाउन र कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा केन्द्रले गरेको छ।

‘विशेषगरी हालैका बाढी तथा जलवायुजन्य विपद्हरूले ऊर्जा पूर्वाधारको जलवायु जोखिमलाई उजागर गरेको छ। नेपालको विद्युत् प्रणाली मुख्यतः जलविद्युत्मा आधारित रहेको र उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारहरू नदी प्रणालीसँग नजिक रहेकाले चरम मौसमीय घटनाबाट प्रभावित हुनसक्ने जोखिम रहन्छ। यस्तो अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीय स्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सक्ने भएकाले ऊर्जा प्रणालीको जलवायु सहनशीलता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ,’ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी सञ्चालक समिति सदस्य अंकिता शाहले भनिन्।

उनकाअनुसार सोलार पीभी र बीईएसएसको प्रणालीको डिजाइन, जडान, सञ्चालन, मर्मत, ऊर्जा व्यवस्थापन तथा रियल टाइम मोनिटरिङका क्षेत्रमा आवश्यक दक्ष जनशक्ति तयार पार्दै यस कार्यक्रमले हरित रोजगारी सिर्जना गर्न र नयाँ उद्यमशीलताका अवसरहरू खोल्न टेवा पुर्‍याउनेछ।

सञ्चालक समिति सदस्य शाहले वर्तमान सरकार र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख प्राथमिकता नै ऊर्जा मिश्रण र ऊर्जा सुरक्षा रहेको बताइन्। ‘यस पटक बीईएसएस सहितको सौर्य ऊर्जा सरकारको उच्च प्राथमिकतामा रहेको छ। यससम्बन्धी नीतिगत स्तर र दिशानिर्देशहरूमा द्रुत गतिमा काम भइरहेको छ। चाँडै सोलारमा आधारित बीईएसएसलाई एउटा प्रमुख औद्योगिक क्षेत्रका रूपमा विकास गर्न लागिएको सन्दर्भमा यो तालिम एकदमै उपयुक्त समयमा आयोजना भएको छ,’ उनले भनिन्।

प्रकाशित: २०८३ असोज १३ गते मङ्गलबार ०९:३९
प्रतिक्रिया

थप समाचार

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना