काठमाडौँ: बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीका अनुसार ढाँटसँगको सहकार्यले पल्सर एनएसको शक्ति, प्रदर्शन र आक्रामक राइडिङ पहिचानलाई थप बलियो रूपमा प्रस्तुत गर्नेछ। ‘रअ पावर मिट्स रअ पावर’ अवधारणामा आधारित यो सहकार्यले ढाँटको व्यक्तित्व र पल्सर एनएसको प्रदर्शनमुखी विशेषताबीचको समानतालाई जोड दिएको छ।
ढाँटले पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागिता जनाउनेछन्।
कम्पनीले यो सहकार्यले विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलप्रति रुचि राख्ने राइडरसँग पल्सरको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरेको जनाएको छ।


