काठमाडौँ- गायिका एलिना चौहानले आफ्ना प्रेमीलाई सार्वजनिक गरेकी छन्। इस्टाग्राममार्फत् उनले प्रेमी विष्णु सापकोटालाई सार्वजनिक गरेकी हुन्।
पछिल्लो समय टिकटकमा लगातार भिडियो पोस्ट भएपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो। इन्टामा दुवैजना सँगै रहेको तस्बिर र मायाको क्याप्सन राखिएको छ।
‘तिम्रो सम्झनाले मलाई जागै राख्छ। तिम्रो सपनाले मलाई निदाउन दिँदैन। तिम्रो साथले मलाई जीवित राख्छ,’ सापकोटासँगको तस्बिर सार्वजनिक गर्दै एलिनाले लेखेकी छन्। स्टाटसमा एलिनाले हार्ट–इमोजी पनि समावेश गरेकी छन्। उनको पोस्टमा फ्यानहरूले बधाई दिइरहेका छन्।


