२०८३ असोज २२ गते बिहिबार

दशैँको टीका कति बजे लगाउने ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
tika

काठमडौँः यस वर्षको दशैंको टीकाको उत्तम साइत सार्वजनिक भएको छ । टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ८ः४९ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा लगाइमाग्ने पश्चिम दिशा फर्किनुपर्ने जनाइएको छ ।

असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ । घटस्थापनाको शुभसाइत बिहान ११ः४७ बजे रहेको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकोले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिएको छ ।

असोज २६ गते सोमबार बिहान १०ः०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ । झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ ।

असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती परेको छ । सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७ः३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०ः३९ बजे रहेको छ ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ । कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन रहेको छ । देवी विसर्जनको शुभसाइत बिहान ८ः४९ बजे रहेको छ ।

टीका लगाउने शुभसाइत बिहान १०ः२६ बजे रहेको छ । टीका लगाउँदा पश्चिम मोहडा फर्किनुपर्ने र टीका लगाइमाग्ने व्यक्ति पनि पश्चिम फर्किनुपर्ने जनाइएको छ । सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०ः५१ बजे रहेको छ । स्थिरासनको शुभसाइत दिवा ११ः५२ बजे तथा खड्गयात्रा पनि सोही दिन हुनेछ ।

कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा हुनेछ।

प्रकाशित: २०८३ असोज २० गते मङ्गलबार ०६:३८
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं हवाई भाडादर

सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ।

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं। एनसेलले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरु प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात मार्माको...

बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ। उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यस्ता काउन्टरमा...

राष्ट्रिय टोलीबाट महान फुटबलर लियोनल मेस्सीको भावुक विदाइ

काठमाडौं। अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। राजधानी ब्युनस आयर्सस्थित एस्टाडियो मास मोनुमेन्टलमा...

‘स्टेप्स फर अ चेन्ज’ फन्डरेजर वाकाथन सम्पन्न, ५०० बढी सहभागी

काठमाडौं। ‘स्टेप्स फर अ चेन्ज फन्डरेजर वाकाथन’ सम्पन्न भएको छ। उक्त दौडमा ५०० बढी धावक र पदयात्रीहरू सहभागी भएको आयोजकले जनाएको छ। कार्यक्रमले फिटनेस र रमाइलोलाई परोपकारी अभियानसँग जोडेको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना