२०८३ असोज २१ गते बुधबार

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय भन्दा बढी कन्टेनर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
contenor

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न ठाँउमा रोकिएका हुन्। भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ।

उक्त सडक सञ्चालनका लागि अझै एक साता लाग्ने त्यस सडक आयोजनाका प्राविधिकहरूले जनाएका छन् । उक्त सडक सञ्चालनमा नआउँदा ७० बढी कन्टेनर र सय बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरलानाकाबाट भने केही मालवस्तु बोकेका कन्टेनर जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका ती केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो।

यसअघि बाढी पहिरोबाट नाका क्षेत्रमा विद्युत् र इन्टरनेटको समस्या कारण चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसक्दा सयाँैको सङ्ख्यामा ती कन्टेनर रोकिएका थिए।

भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोल क्षतिमा हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।

कोरला नाकामै रोकिएका कन्टेनर चालक गोबिन्द गुरुङले कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० बढी विद्युतीय सवारी साधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएको बताए।

चीनबाट कोरलानाका हुँदै पैठारी गरी नेपाल भित्र्याइएको दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यपारीमात्र होइन उपभोक्ता समेत इच्छाइएको सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । त्यसबाट नेपाली बजारसमेत आर्थिक रुपमा चलायमान हुनसकेको छैन।

प्रकाशित: २०८३ असोज २१ गते बुधबार ०६:०७
प्रतिक्रिया

थप समाचार

कर प्रणाली र कमजोर लजिस्टिक्स निर्यातका प्रमुख अवरोध

काठमाडौँ। निर्यातकर्ताले स्वदेशमै महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्सलाई निर्यातका प्रमुख अवरोधका रूपमा औँल्याएका छन्। एसियाली विकास बैंक (एडीबी) र साउथ एशिया...

रसुवा बाढीले आर्थिक वृद्धि सुस्ताउने, ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विकास साझेदार विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण सार्वजनिक गरेको छ। गत भदौ १० मा आएको भोटेकोसी त्रिशूली विनाशकारी बाढीका कारण उद्योग तथा...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

सेप्टेम्बरमा भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ ११४ प्रतिशतले वृद्धि

काठमाडौँ: सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार...

चीनसँग जोड्ने तीन नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित

काठमाडौँ: गत भदौ १० गते भोटेकोशीमा गएको बाढीले रसुवा नाकामा पर्ने नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त हुँदा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। दुवै मुलुकतर्फको...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना