२०८३ असोज २२ गते बिहिबार

अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्यः राष्ट्रपति पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
rastrapati1_37

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेट राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताए।

उनले भने,‘नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यहाँहरूको निरन्तर सफलता र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।’

उनले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।

राष्ट्रपति पौडेलले भने, ‘उद्योग वाणिज्य महासंघको सांगठनिक विस्तार र महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति हो। आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा यसको भूमिका अतुलनीय छ। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ। यी दुई पक्षबीचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ भन्ने म ठान्दछु।’

उनले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउदैँ भने, ‘जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्न आवश्यक छ। विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु हाम्रो साझा दायित्व हो।’

राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले नेपालले हालै ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दैे विपद्मा उद्धारका लागि महासंघले लिएको तत्परता, सहयोग, सहकार्य तथा सहकार्यको सराहना गरे।

 

प्रकाशित: २०८३ असोज २२ गते बिहिबार ०१:०८
प्रतिक्रिया

थप समाचार

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय भन्दा बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ। यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले...

कर प्रणाली र कमजोर लजिस्टिक्स निर्यातका प्रमुख अवरोध

काठमाडौँ। निर्यातकर्ताले स्वदेशमै महँगो कर्जा, आयातित उत्पादन सामग्रीमा लाग्ने कर र कमजोर लजिस्टिक्सलाई निर्यातका प्रमुख अवरोधका रूपमा औँल्याएका छन्। एसियाली विकास बैंक (एडीबी) र साउथ एशिया...

रसुवा बाढीले आर्थिक वृद्धि सुस्ताउने, ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं। विकास साझेदार विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण सार्वजनिक गरेको छ। गत भदौ १० मा आएको भोटेकोसी त्रिशूली विनाशकारी बाढीका कारण उद्योग तथा...

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख, यी हुन् १ लाख जित्ने १५ जना

काठमाडौँ: सरकारले पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि असोज १५ गतेसम्मका विजेता घोषणा गरेको छ। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत पर्साका लालबाबु साह कानुले १०...

सेप्टेम्बरमा भित्रिए ८८ हजारभन्दा बढी विदेशी पर्यटक, चिनियाँ ११४ प्रतिशतले वृद्धि

काठमाडौँ: सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना