२०८३ असोज २५ गते आईतबार

निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२ प्रतिशत नगद लाभांश पारित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
New Project – 2026-10-09T183234.777

काठमाडौँः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले बैंकको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न सभामा सञ्चालक समितिका सदस्यहरू बन्धु प्रसाद बाँस्तोला, सुरेन्द्रराज रेग्मी, दीपक कुमार अग्रवाल, विशाल उप्रेती, डा. मनिष थापा र अनिता रायमाझी तथा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीलगायत शेयरधनी र सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष दहालले समीक्षा अवधिसम्म बैंकले हासिल गरेका उपलब्धि, चालु आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्य र भावी रणनीतिबारे शेयरधनीहरूलाई जानकारी गराएका थिए।

सभामा शेयरधनीहरूले बैंकका व्यावसायिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै लगानीकर्ताको प्रतिफल वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आगामी दिनमा संस्थागत सुशासन, पारदर्शिता र व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाका रूपमा स्थापित गर्नुपर्ने सुझावसमेत दिएका थिए।

शुक्रबार बिहान ९ बजे सुरु भएको सभा करिब मध्याह्न १२ बजे सम्पन्न भएको बैंकले जनाएको छ।

प्रकाशित: २०८३ असोज २३ गते शुक्रबार ०६:३२
प्रतिक्रिया

थप समाचार

राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँः राष्ट्रिय परिचयपत्र नभएकै कारण नागरिकलाई बैंकिङ सेवाबाट वञ्चित गर्न नपाइने भएको छ। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, केवाईसी विवरण अद्यावधिक र मोबाइल नम्बर परिवर्तनजस्ता सेवाका...

धितोको साटो सम्भावना हेरेर लगानी : महिला उद्यमशीलता प्रवद्र्धन गर्न एक अर्बको ‘सिम्रिक इनिसिएटिभ’ शुभारम्भ

काठमाडौं। महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ औपचारिक रूपमा सुरु गरेको...

विदेशी ऋणपत्रमा लगानी सीमा बढ्यो, बैंकसँग कति छ डलर?

नयाँ व्यवस्थाअनुसार ए–माइनस वा ए–थ्री स्तरको क्रेडिट रेटिङ प्राप्त गरेका मुलुकले जारी गरेका सरकारी ऋणपत्रमा बैंकहरूले एजेन्सी बैंकमा रहेको कुल विदेशी मुद्रा मौज्दातको ५० प्रतिशतसम्म लगानी...

बैंकका शाखा गाभ्दा कर्मचारी हटाउन नपाइने

काठमाडौँः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा समायोजन वा एकीकरण गर्दा कार्यरत कर्मचारीलाई सेवाबाट नहटाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै...

एनएमबि बैंकले सेयरधनीलाई बाँड्ने भयो १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी लाभांश

काठमाडौँः एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले साधारण सेयरधनीलाई...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना