२०८३ असोज २५ गते आईतबार

आधारभूत सेयरधनीले सेयर बेच्दा पूर्वसूचनाको सीमा बढेर पुग्यो १५ प्रतिशत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २३
sebon_office

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बेच्दा दिनुपर्ने पूर्वसूचनाको सीमा बढाएको छ। सेबोनले शुक्रबार परिमार्जिन निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो।

हाल कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर अब १५ प्रतिशत पुर्‍याएको सेबोनले जनाएको छ।

बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार गत भदौ ९ गते जारी गरेको निर्देशनमा संशोधन गर्दै आधारभूत सेयरधनीका लागि सेयर बिक्रीको सीमा र पूर्वसूचना दिने समयमा परिमार्जन गरेको हो।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार यसको सीमा बढेको छ।

नयाँ व्यवस्थाअनुसार कम्पनीको सेयरको लकइन पिरियड समाप्त भएपछि आधारभूत सेयरधनीहरूले १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने भएको छ।

यस्तै सेयरधनीबाट बिक्रीको सूचना प्राप्त हुनासाथ सम्बन्धित कम्पनीले यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने सेबोनले जनाएको छ। सेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि ३ महिनाको व्यवस्था यथावत कायम गरिएको छ।

यसैगरि बिक्रीको सूचना दिएका तर सेयर बिक्री नगरेका वा पूर्ण रूपमा नबेचेका आधारभूत सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गरेमा, कारोबार सम्पन्न भएपछि मूल्य र परिमाणसहितको विवरण कम्पनीलाई दिनुपर्ने भएको छ।

प्रकाशित: २०८३ असोज २३ गते शुक्रबार ०८:०३
प्रतिक्रिया

थप समाचार

सेयरमा म्युचुअल फन्डको लगानी घट्दा बैंक मौज्दात बढ्यो, पोर्टफोलियो पुनर्संरचनाको संकेत

भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउन मसान्तमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। यसअनुसार...

ठूला सेयर बिक्रीको सूचना नियममा धितोपत्र बोर्डको संशोधन, सीमा १५ प्रतिशत पुग्यो

काठमाडौँः धितोपत्र बजारमा आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि सूचना दिनुपर्ने व्यवस्थामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संशोधन गरेको छ। नयाँ व्यवस्थाअनुसार अब १५ प्रतिशत वा सोभन्दा बढी...

निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२ प्रतिशत नगद लाभांश पारित

काठमाडौँः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले बैंकको...

नेप्सेमा ४ अर्ब ८३ करोडको कारोबार, कुथेली बुखरीको मूल्यमा सबैभन्दा धेरै वृद्धि

काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा खरिदबिक्री बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो दिनको सामान्य वृद्धिलाई...

एनएमबि बैंकले सेयरधनीलाई बाँड्ने भयो १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी लाभांश

काठमाडौँः एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले साधारण सेयरधनीलाई...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना