२०८३ असोज २५ गते आईतबार

पहिरोले मुख्य राजमार्गहरू प्रभावितः पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
photo_sadak

काठमाडौं। वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशअन्तर्गत धादिङको गजुरी–५ गलौदीमा पहिरो खस्दा पृथ्वी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने काभ्रेको रोशी–९ पिन्थलीमा बाढीका कारण विपि राजमार्गमा आवागमन ठप्प बनेको छ।

यसैगरी त्रिभुवन राजपथको धादिङ खत्रीपौवा खण्डमा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरिएको छ भने रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण अझै पूर्ण रूपमा बन्द रहेका छन्।

गण्डकी प्रदेशमा बेनी–जोमसोम सडकखण्डको म्याग्दी बैसरीमा पहिरोका कारण एकतर्फी मात्र गाडी चलिरहेका छन्।

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्वको जन्ती पहिरो क्षेत्रमा सडक एकतर्फी खुले पनि ठूला सवारीसाधन चल्न सकेका छैनन्। मनाङको बेसीसहर–खाङसार सडकखण्ड पनि बाढीका कारण एकतर्फी अवस्थामा रहेको छ।

यता लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर राक्सेमा गएको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

कर्णाली प्रदेशतर्फ डोल्पाको त्रिपुरासुन्दरीस्थित भेरी कोरिडोर पहिरोपछि एकतर्फी सुचारु भएको छ भने सल्यानको बनगाड कुपिण्डेस्थित बालुवासंग्रही सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प छ।

सडक विभाग तथा सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २०८३ असोज २४ गते शनिवार ०८:००
प्रतिक्रिया

थप समाचार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्न तयार छौंः अध्यक्ष धिताल

काठमाडौं। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) लागू हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन्। शुक्रबार...

लेदो पन्छाएपछि बिपी राजमार्गमा यातायात पुनः सञ्चालन

काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको...

१०५ मेगावाटका दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडौँः लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बोर्डको ६८औँ बैठकले ५८।९ मेगावाटको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना