२०८३ असोज २५ गते आईतबार

५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्न तयार छौंः अध्यक्ष धिताल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
ram_prasad_dhital

काठमाडौं। विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् क्षेत्रमा खुला पहुँच (ओपन एक्सेस) लागू हुँदा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले सस्तोमा बिजुली पाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खुला पहुँचको उद्देश्य विद्युत् व्यापारमा धेरै खरिदकर्ता र विक्रेता सहभागी गराई प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नु रहेको बताए।

‘प्लेयरहरू धेरै भयो भने त सस्तो हुन्छ नि, यसमा कुनै विवादै गर्नु पर्दैन। यसले कहिले पनि महँगो गर्दैन। यदि ५७ पैसा महँगो हो भने पनि हामी रिभ्यु गर्ने, छलफल गर्ने,’ उनले भने।

आयोगले खुला पहुँचसम्बन्धी निर्देशिका करिब एक वर्षअघि ल्याएको जानकारी दिँदै धितालले यससँग सम्बन्धित अन्य निर्देशिकाहरू पनि परामर्शका क्रममा रहेको बताए। निजी क्षेत्र, नेपाल विद्युत् प्राधिकरण, विद्युत् उपभोक्ता र विज्ञहरूको सुझाव लिएर निर्देशिकालाई अन्तिम रूप दिने उनको भनाइ छ।

उनले खुला पहुँचअन्तर्गत प्रसारण शुल्क निर्धारण गर्दा आयोगले विद्युत् प्रसारण प्रणालीको लागत, प्राधिकरणको वित्तीय विवरण र आगामी वर्षका लागि आवश्यक आम्दानीको अध्ययन गरेको बताए। उनका अनुसार आर्थिक वर्ष २०८३/

०८४ मा प्रसारण प्रणाली सञ्चालनका लागि करिब १७ अर्ब रुपैयाँ वार्षिक आम्दानी आवश्यक पर्ने अनुमान गरिएको छ।

हाल विद्युत् प्राधिकरणले उत्पादन, प्रसारण, वितरण र व्यापारसमेत गर्दै आएको उल्लेख गर्दै उनले यी क्षेत्र छुट्टाछुट्टै संस्थामार्फत सञ्चालन हुने व्यवस्था भए प्रसारण सेवाको वास्तविक लागत पहिचान गर्न सहज हुने बताए।

अहिले आयोगले नेपालका सातै प्रदेशलाई एउटै क्षेत्र मानेर प्रसारण शुल्क निर्धारण गर्ने ‘पोस्टेज स्ट्याम्प’ मोडल अपनाएको छ। यसमा विद्युत् प्रसारणको दूरीअनुसार शुल्क फरक नपर्ने उनले स्पष्ट पारे। पर्याप्त तथ्यांक उपलब्ध नभएकाले प्रारम्भिक चरणमा सरल मोडल अपनाइएको उनको भनाइ छ।

‘यो मोडलले बजारको संकेत अलिकति दिँदैन। तर हामीसँग डेटा नभएको हुनाले यो मोडल ल्यायौँ,’ उनले भने। आगामी दिनमा विद्युत् प्रवाह हुने दूरी, वास्तविक लागत र प्रणालीको अवस्थालाई आधार बनाएर थप वैज्ञानिक मोडल विकास गर्न सकिने उनले बताए।

धितालले दुईतर्फी विद्युत् प्रवाह हुने प्रसारण प्रणालीमा प्रतियुनिट ५७ पैसाको शुल्कसम्बन्धी व्यवस्था लागू हुने उल्लेख गर्दै एकतर्फी विद्युत् प्रवाह हुने रेडियल लाइनका लागि छुट्टै मोडल ल्याउने जानकारी दिए। उक्त मोडलमा प्रसारण दूरी, विद्युत्को परिमाण, लागत र नोक्सानी बाँडफाँटलाई आधार बनाइने उनले बताए।

उनले विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेख्य रहेको भन्दै अब प्रसारण र व्यापारमा पनि निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिए। प्रसारण पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई आकर्षित गर्न प्रतिस्पर्धात्मक तथा नियमनमा आधारित शुल्क मोडल विकास गर्ने विषयमा आयोगले काम गरिरहेको उनले बताए।

यसैगरी, प्राकृतिक विपद्बाट जलविद्युत् आयोजनामा हुन सक्ने क्षति न्यूनीकरण गर्न विपद् उत्थानशील पूर्वाधारसम्बन्धी नियामकीय ढाँचा विकास गर्ने तयारी भइरहेको उनले जानकारी दिए। विपद्अघि, विपद्का समयमा र विपद्पछि अपनाउनुपर्ने उपाय समेटेर ढाँचा तयार गरिने उनको भनाइ छ।

जलविद्युत् आयोजनामा सम्भावित जोखिमका आधारमा बीमा प्रिमियम निर्धारण गर्ने र क्षतिपूर्तिका लागि बीमा, राहत कोष तथा आयोजना सञ्चालन अवधि विस्तारजस्ता विकल्पबारे पनि अध्ययन भइरहेको उनले बताए।

‘यो डाइनामिक डकुमेन्ट हो। यो वर्षका लागि पाइलटिङ गरौँ,’ धितालले भने, प्रसारण शुल्कको मोडल कार्यान्वयनका क्रममा प्राप्त सुझाव र अनुभवका आधारमा आवश्यक संशोधन गर्न आयोग तयार रहेको बताए ।

उनले आयोगका निर्देशिका तथा निर्णयहरूलाई प्रभावकारी बनाउन सरोकारवालासँग निरन्तर छलफल गर्ने र प्राप्त सुझावलाई समेट्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित: २०८३ असोज २४ गते शनिवार ०१:१९
प्रतिक्रिया

थप समाचार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...

बूढीगण्डकीको बाढीले धादिङ–गोरखा जोड्ने पक्की पुल बगायो, मानवीय क्षति छैन

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएका बाढी धादिङसम्म पुगेको छ । बाढीले धादिङ र गोरखा जोड्ने पक्की पुल बगाएको छ भने नदी किनारका खेत तथा जग्गा कटान गरेको छ । धादिङमा हालसम्म मानवीय क्षति भने...

लेदो पन्छाएपछि बिपी राजमार्गमा यातायात पुनः सञ्चालन

काठमाडौं। रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ। शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको...

पहिरोले मुख्य राजमार्गहरू प्रभावितः पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं। वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण...

१०५ मेगावाटका दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडौँः लगानी बोर्डले १०५.६२ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। बोर्डको ६८औँ बैठकले ५८।९ मेगावाटको...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना