२०८३ असोज २५ गते आईतबार

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
book

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ।

लेखकद्धयले शनिबार कोलोराडोस्थित एक पोडकाष्टमा दुई कृतिको विमोचन गरेका हुन्। अमेरिकाको व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै लेखक आफैँले आ–आफ्नो कृतिको विमोचन गरेका हुन्। विमोचनको यो नयाँ अभ्यास पनि मानिएको छ।

लेखक राईले ‘फर्कनुछ देश’मा नयाँ पुराना ३३ वटा कविता संग्रहित गरेका छन्। करिब दुई दशकदेखि अमेरिकालाई कर्मथलो बनाउदै आएका उनले यसअघि थुप्रै गीतहरू समेत बजारमा ल्याइसकेका छन्।

सोलुखुम्बुको सोताङमा जन्मे हुर्केका राईले अमेरिका पुगेर पनि नेपाली कला, साहित्य र संगीतलाई भुलेका छैनन्। समय समयमा आफ्ना भावनालाई गीत, कविताको माध्यमबाट अभिव्यक्त गर्दै आएका उनले देश फर्केने प्रणबाट पुस्तकको नामांकरण गरेका छन्।

त्यस्तै, गीतकार मणीराज बस्नेतले सार्वजनिक गरेका गीति संग्रह ‘प्रवासी मनका भावनाहरू’मा नयाँ पुराना ९रेकर्ड भएका र नभएका० ५६ वटा गीत समाबेश गरिएको छ।

बस्नेतका अधिकांश गीतहरू दीप श्रेष्ठ, आनन्द कार्की, कर्णदास, नरेन्द्र प्यासी, मनिला सोताङ, स्वरुपराज आचार्य, अन्जु पन्त, शिव परियार, हेमन्त शर्मा, धर्वेन्द्र सेवान, रेजिना रिमाल, मेलिना राई, बबिना किराँती, रामकुमार नेपाली, सुरक्षा सेन्चुरी, तारा सिरिस लगायतका कलाकारले गाइसकेका छन्।

गीतकार बस्नेतले छिट्टै नेपाल आउने र पुनः कृति विमोचन गर्ने कुरा पोडकाष्टमा बताएका छन्।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार १२:५१
प्रतिक्रिया

थप समाचार

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...

प्रज्वलको ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक

कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा उनको कवितासङ्ग्रह विमोचन गरिएको हो। बुकहिल...

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना