२०८३ असोज २५ गते आईतबार

जोशीले ल्याए ‘बैसाखी’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
842005002_1319598556958594_4572055736074670410_n

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ।

शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार तथा समालोचक ज्ञानु अधिकारी, समालोचक एवं बैसाखीका सम्पादक सुभाषचन्द्र भण्डारीले पुस्तकको विमोचन गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राडा अवस्थीले लेखक जोशीमा सिर्जनात्मक प्रतिभा रहेको बताए। ‘पत्रकारिताबाट आएका लेखकहरूका शब्दमा शक्ति हुन्छ। जोशीमा पनि सिर्जनात्मक प्रतिभा छ। उहाँमा इच्छा शक्ति छ। लोकपरिवेशमूलक निपूणता छ। लेखनमा आलंकारिता छ। तपाईंलाई आगामी साहित्यिक यात्राको शुभकामना,’ अवस्थीले भने।

उनले कथाका शैली काव्यात्मक रहेकोले यस्तो अवस्थामा कथानकमा क्षति पुग्ने र लेखक बहकिन सक्ने भएकोले त्यसतर्फ सचेत रहन सुझाव दिए।

यस्तै समीक्षक ज्ञानु अधिकारीले पुस्तकमाथि परिचर्चा गर्दै बैसाखीमा भुइँमान्छेको इतिहास संग्रहित कथा रहेको ‌औल्याइन्। उनले नारीवादी मनोविज्ञानलाई पनि लेखकले सशक्त रूपमा प्रस्तुत गरेको बताइन्।

‘लेखक जोशीले माटोका कथा लेख्नुभएको छ। महिलाको आसुँ र पीडाका कथा छन्। निरिह पारिएका वर्ग नायकका रूपमा प्रस्तुत भएका छन्,’ उनले भनिन्।

कथाका पात्रले जस्तै समाजका सबै पुरुषले महिलालाई सम्मान गर्ने भए यो संसार कति सुन्दर हुन्थ्यो भन्ने मनोभाव कथा पढ्दै गर्दा आफूमा पैदा भएको उनले बताइन्।

बैसाखीमाथि परिचर्चा गर्दै पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले नयाँ पुस्ताको मनोभावलाई गहिरोसँग लेख्न सफल भएकोमा कृतिकार जोशीलाई बधाई दिए।

‘जोशीको लेखनीमा आधुनिक कथाशिल्प छ। पछिल्लो पुस्ताको मनोभाव गहिरोगरी आएको छ। बालशखादेखि गाउँपरिवेशका सबै कथा मिहिन रूपमा उहाँ लेख्न सफल हुनुभएको छ। कतिपय कथामा त वास्तविक पात्रको अनुमति लिएर नै उहाँले कथा बुनेर नयाँ प्रयोग गर्नुभएको छ,’ उनले थपे।

यस्तै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. टीएन जोशीले आफूले लेखक जोशीलाई २० वर्षदेखि चिनेको र उनी साहित्यिक गतिविधिमा सक्रिय रहेको देखिरहेको स्मरण गरे। उनले सुदूर भूमिबाट दु:ख-संघर्ष गर्दै अगाडि बढेको र भुइँमान्छेकै रूपमा भुइँमान्छेका कथा लेखेको भन्दै खुसी व्यक्त गरे।

यस्तै प्राध्यापक माधव नेपालले बैसाखी लेखनीका क्रममा आफूले थुप्रै सुझाव दिएको र ती सुझावलाई पालना गर्दै जोशीले कृतिका रूपमा बैसाखी ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे।

‘उहाँ प्रतीक्षा गर्न सक्ने व्यक्ति हो। ७ वर्ष लगाएर बैसाखी बजारमा ल्याउनुभयो। मिहिनेत गर्ने हुटहुटी र प्रतीक्षा गर्न सक्ने जोशीको बानीबाट म प्रभावित छु,’ उनले भने।

यस्तै नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं नेविसंघ पूर्वअध्यक्ष नैनसिंह महरले दशकदेखि जोशीलाई निकट रूपमा चिनेको र उनको मिहिनेतको बैसाखी पढ्न पाउँदा खुसी लागेको बताए। उनले लेखक जोशी शब्दसँग रम्न सक्ने स्वाभावका भएकोले साहित्यिक कर्मलाई नै निरन्तरता दिन सदीक्षासमेत प्रकट गरे।

यस्तै नेपाली जनसम्पर्क समित अमेरिकाका पूर्वसभापति एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य आनन्द बिष्टले लेखकको व्यक्तिगत जीवन कष्टकर हुने भए पनि यसरी बैद्धिक सम्पत्ति बाहिर ल्याउँदा प्राप्त हुने सन्तुष्टिको कुनै मूल्य नहुने बताए। उनले लेखक जोशीको मिलनसार र मिजासिलो गुण आफूलाई सबैभन्दा बढी मन पर्ने बताए।

कृतिकार जोशीले आफूले बैसाखीमार्फत नै सबै कुरा बताइसकेकाले अब पाठकका सुझावलाई नै अमूल्य निधि मानेर अगाडि बढ्ने बताए।
‘आमाले दुई दशकअघि भारतमा रहेका पितालाई चिट्ठी लेख्न भन्नुहुन्थ्यो। चिट्ठीको अन्तिममा देउडा लेख्नुहुन्थ्यो। म त्यसैबाट प्रेरित भएर साहित्यिक क्षेत्रमा आकर्षित भएको हुँ। र, आजको दिनसम्म आइपुग्दा त्यही प्रेरणाले बैसाखीको रूप लिएको छ,’ उनले भने।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पैडेलले ऊर्जावान युवा लेखक जोशीको कृति बजारमा ल्याउन पाउँदा खुसी लागेको बताए।
लोकार्पणअगावै बजारमा पुस्तकको माग बढिसकेको उनको भनाइ थियो।

बैसाखी लोकार्पणको सहजीकरण पत्रकार दीपक जोशीले गरेका थिए। बैसाखीको बजार मूल्य ५९५ रुपैयाँ रहेको छ।

प्रकाशित: २०८३ असोज २५ गते आईतबार १२:५५
प्रतिक्रिया

थप समाचार

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...

प्रज्वलको ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक

कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक भएको छ। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा उनको कवितासङ्ग्रह विमोचन गरिएको हो। बुकहिल...

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना