काठमाडौँ- २० वर्ष पुराना सवारी साधन हटाउने सरकारको व्यवस्थाविरुद्ध ट्याक्सी र ढुवानी संघले विरोध र्याली प्रदर्शन गरेका छन्। रातो प्लेटका निजी सवारी साधनले यात्रु बोक्न दिँदा आफूहरुको व्यवसाय धरापमा परेको भन्दै यातायातकर्मीहरू आन्दोलित भएका हुन्।
ट्याक्सी चालकहरूले अनिवार्य रूपमा ट्याक्सी स्ट्यान्डको व्यवस्था गर्नुपर्ने, ट्राफिक प्रहरीले आफूहरूलाई दुःख दिन बन्द गर्नुपर्नेलगायतका माग राखेका छन्। चक्रपथ क्षेत्रमा उनीहरूले र्याली प्रदर्शन गरिरहेका छन्।
हेरौँ विरोध र्यालीका तस्बिरहरू

























